Loading...
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने स्पष्ट संकेत गरेका छन् ।
582036-434852-sher-bahadur-deuba
राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका हुन्, कान्तिपुरमा खबर छ । 

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधानविपरीत ६४ सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै कडा आलोचना गरेपछि संसदमा शनिबार अन्तिम सम्बोधन गर्दै देउवाले सांकेतिकरुपमा माओवादी मन्त्री हटाउने बताए । 
‘मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा आयो, यति उति भन्ने नै छैन, कहाँ भनेको छ यति उति भन्ने ? संक्रमणकालपछि भनेको हो (संख्या तोकेर),’ माओवादी मन्त्रीलक्षित गर्दै उनले भने, ‘संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि, पाँच दिनपछि थाहा पाउनुहोला नि !’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads