Loading...
बाम गठबन्धनले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण आधार तय गर्‍यो



काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच बनेको गठबन्धनले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण आधार तय गरेको छ । 

गठबन्धनको बैठकले २०७० सालको संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनबाट प्राप्त मतका आधारमा टिकट वितरण गर्ने टुंगो लगाएको हो । 

यसअघिको सम्झौतामा गठबन्धनमा रहेका अन्य दललाई टिकट दिएपछि बाँकी रहेको क्षेत्रमा ६० र ४० प्रतिशतका आधारमा टिकट दिने निर्णय गरिएको थियो । 
तीन पार्टीबीच तालमेल घोषणा कार्यक्रममा पनि ६० र ४० प्रतिशतका आधारमा भागबण्डा गर्ने नेताहरुले बताएका थिए । 

तीन दलले प्रतिनिधि सभा निर्वाचनका लागि आठ सदस्य निर्वाचन घोषणा पत्र मस्यौदा समिति बनाएको छ भने चार सदस्य उम्मेदवार छनोट समिति बनाएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads