Loading...
काठमाडौंको लक्ष्मीपूजा


काठमाडौं । आज लक्ष्मीपूजा । यो दिन दिन सफा सुग्घर र लिपपोत गरी दिपावली मनाईएको छ । यदि घर सफा सुग्घर नभएमा लक्ष्मीले बास्ना गर्दिनन भन्ने मान्यता रहेको छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगन देखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलै पिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावलीको मनोरम दृश्य
लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट देखिएको काठमाडौँ उपत्यकाको दीपावलीको मनोरम दृश्य । 
स्वयम्भूबाट देखिएको दीपावलीको मनोरम दृश्य
लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट काठमाडौँ उपत्यकामा देखिएको दीपावलीको मनोरम दृश्य । 
टिभी अन्नपूर्ण बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads