Loading...
वाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले सक्दो प्रयास प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न प्रस्ताव !

वाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले सक्दो प्रयास गरेको खुलासा भएको छ ।
एमाले र माओवादी केन्द्रबिच तालमेल  र एकताको प्रयास हुन नदिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव अघि सारेको खुलासा भएको हो । 
बुधबार उज्यालोसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अघि नै देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको बताउनुभयो ।
प्रचण्डले देउवासँग आउँदो चुनावमा ५०-५० प्रतिशत सिटको साझेदारी मागेपछि कुरा नमिलेको पनि उहाँले खुलासा गर्नुभयो । प्रचण्डको प्रस्तावप्रति देउवा सहमत नभएको र पार्टीभित्र छलफल गरेर कुरा अगाडि बढाउने आश्वासन दिएको निधिको भनाई छ । 
निधिका अनुसार माओवादी केन्द्र र कांग्रेसले चुनावी तालमेल र सहकार्य गरेमा दुई तिहाई बहुमत आउने र त्यसपछिको सरकारको नेतृत्व पनि प्रचण्डलाई दिन देउवा तयार हुनुभएको थियो । मंगलबार एमाले, माओवादी र नयाँ शक्ति पार्टीबिच एकता अभियानको घोषणा हुनु पहिले देउवा र प्रचण्डबिच पटकपटक छलफल भएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads