Loading...
वाम गठबन्धनले ३२ जिल्लामा भागबन्डा मिलायो , कुन जिल्ला कसलाई ?(सूचीसहित)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भागबण्डा टुंगो लगाएको छ ।
वाम गठबन्धनको कार्यदलले लामो कसरतपछि ३२ जिल्लामा निर्वाचन क्षेत्र भागबण्डा गरेको हो । जसमा एमालेले २१ र माओवादीले १६ क्षेत्र पाएका छन् ।
यससँगै पहिलो चरणमा चुनाव हुने २–२ निर्वाचन क्षेत्र भएका जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट र बाग्लुङमा प्रतिनिधिसभातर्फ १–१ क्षेत्र दुवै दलले बांँडेका छन् ।
यस्तै धादिङका दुवै क्षेत्र एमालेले पाउने भएको छ भने गोरखाका दुवै क्षेत्र माओवादीको भागमा परेको छ ।
यसैगरी भोजपुर र सोलुखुम्बुबाहेक १ नम्बर प्रदेशका अधिकांश हिमालीरपहाडी जिल्ला एमालेको भागमा परेको छ भने ६ नम्बर प्रदेशमा डोल्पा र मुगुबाहेक पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु माओवादीले पाउने भएको छ ।
कुन क्षेत्र कसलाई ?
एमाले– २१
१ ताप्लेजुङ
२ पाँचथर
३ खोटाङ
४ संखुवासभा
५ ओखलढुंगा
६ दोलखा
७ सिन्धुपाल्चोक– २
८ रसुवा
९ नुवाकोट २
१० धादिङ– १
११ धादिङ– २
१२ मनाङ
१३ मुस्ताङ
१४ म्याग्दी
१५ बाग्लुङ– १
१६ डोल्पा
१७ मुगु
१८ बझाङ
१९ बाजुरा
२० बैतडी
२१ दार्चुला
माओवादी – १६
१ भोजपुर
२ सोलुखुम्बु
३ रामेछाप
४ सिन्धुपाल्चोक– १
५ नुवाकोट– १
६ गोरखा १
७ गोरखा २
८ बाग्लुङ २
९ रोल्पा
१० लमजुङ
११ रुकुम पूर्व
१२ रुकुम पश्चिम
१३ जुम्ला
१४ कालीकोट
१५ हुम्ला
१६ जाजरकोट
यसैगरी सबै जिल्लामा दुवै पार्टीलाई एक न एक क्षेत्र सुरक्षित गर्ने भनिए पनि मनाङ, मुस्ताङ, मुगु र बाजुरामा माओवादीले प्रदेशतर्फ पनि कुनै क्षेत्र पाएको छैन भने रोल्पा र दुवै रुकुममा कुनै पनि क्षेत्र एमालेको भागमा परेको छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads