Loading...
एन.आर. एन.बेरोजगारी नेपाली युबाहरूलाई पैसा तिराएर भोट किन्ने काम नगर


इशा गुरुङ्ग

पुरा पढौ - मेरो भु पु एन आर एन मित्रजनहरू र अग्रज एन आर एनहरू , तिमीहरू लाई अलिकति लाज छ ।

भने पहिला आफु बसेको कर्म भुमिमा रहेका पिडित नेपीलीहरूको उद्गार गर । सहयोग गर , देश बनाउछु ,यो बनाउछु ,त्यो बनाउछु भनेर धेरै खोक्रो भाषाण नगर काग़ज़को सर्टिफ़िकेट ,अबिर र खादा लगाएर फेसबुकमा नाङ्गो नाटक नगर , पाँच तारे होटेलमा लाखौ, करोड़ौ ख़र्च गरेर तमाशा नगर , जापानमा ९ बर्ष देखि लापात्ता भएको चेलीको उद्वार गर  , कुबेतमा एउटी चेली माथि टाउको फुट्ने गरी पिडा दिएको चेलीको उद्गार गर ।

बेलायतमा पत्रकार युबाको रहस्यमय हत्याको उद्गार गर , अमेरीकामा  पश्चिमी नेपालीहरूको पसिना लुटने आफ्नै चोरहरूलाई सजाय गर , खाड़ी मुलुकमा आफ्नै नेपालीहरूको पिडालाइ उद्गार गर , धुर्मुश सुन्तली बाट केहि सिक , रबि लामीछाने जी बाट केहि कुरा सिक र म आफै बाट पनि केहि कुरा सिक , तिमीहरूको २ बर्षको कार्यकाल भन्दा म एकल यहि फेसबुक बाटै धेरै नेपालीहरूको उद्गार गर्न सफल भएको छु ।

तिमीहरूको च्यारेटी डिनर बाट उठेको संकलन तिमीहरूकै पार्टीको कोषमा संकलन नगर , देश लुटेरा नेताहरू भने पछि नेताहरूकै महलमा गएर खुट्टा नमोल , तिमीहरू पाँच तारे होटेलमा दारू पिउदै , नाच्दै , माइकमा खोक्रो भाषाण र बिज्ञापन नगर , तिमीहरू र नपुंसक नेताहरूमा फरक के नै रहयो र अब ... तिमीहरू हाम्रो यो साझा संस्था  हो भन्छौ ।

तर पछाडि बाट छुरी नरोप , तिमीहरू आफनै मात्र डम्फु बजाउने काम नगर , आँफै भित्र फोहोरी राजनितिक खेल नखेल , तिमीहरूले पाउने बँधाइ त्यो बधाइ भित्रको ज़िम्मेवार बहन गर , तिमीहरू जता गुलियो उतै भुलियो एन आर एन हरू हौ , तिमीहरू बेरोज़गारी नेपाली युबाहरू बाट पैसा तिरेर भोट किन्ने काम नगर ... के यहि हो तिमीहरूको एन आर एन .. नारायन नारायन .. !!!!!!

ईशा गुरुङ्गको  अनुुुुमतिमा फेसबुक बाट साभार

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads