Loading...
नमुना बिस्वकर्मा समाजले कुवेतमा बिरामी नेपाली चेलि सन्तु बिस्वकर्मा उद्धार

कुवेत /  रोजगारका लागि कुवेत आएकी एक नेपाली चेलीको सपना चकनाचुर भएको छ । बिदेश आएर घरको व्यबहार चलाउने र छोरा छोरी लाई राम्रो स्कुलमा पढाउने सपना बोकेर आएकी महिला १ वर्ष नहुदै घर फर्किन बाध्य भएकी छिन ।

बाग्लुङ जिल्ला पाला गा. बि. स वडा न. ५ निवासी ३४ वर्षीय सन्तु बिस्वकर्मा २०७३ साल कार्तिक ०३ गते  कुवेत आएकी थिइन । घरमा १८ वर्षको छोरा र १४ वर्षकी छोरी साथमा श्रीमान लाई घरमा छोडेर आएकी उनी घरको आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा बिदेशीन बाध्य भएकी हुन
६ महिना सम्म काम राम्रो चलिरहेको थियो । साहुले काम गरेको समय हुँदा बित्तिकै तलब दिइरहेको थियो । उनले घरमा समयमै पैसा पनि पठाइरहेकी थिइन । ६ महिना पछि उनलाई साहु साहुनीले टर्की संगै लिएर गएका थिए । टर्की रहदै उनि बिरामी भएकी थिइन । कुवेत फर्के पछि उनको टल्लो पेट दुख्ने, रगतै बान्ता गर्ने र खुट्टाहरु सबै सुन्नियर चलाउनै नमिल्ने भएको छ । टर्की बाट फर्के पछि सोही साहुको घरमा १० दिन जति काम गरे पछि सिकिस्त बिरामी परिन ।

उनले घर फिर्ता पठाउन बारम्बार साहुसंग अनुरोध गरिन् । तर साहुले नेपाली रु ३,००,००० बुझाए मात्र जान पाइन्छ नत्र मिल्दैन भनेको थियो । उनकी गाउँ नजिकैको एक जना बहिनी गिता रसाइलीले दिदीको स्वास्थ्य दिन दिनै नाजुक भएको देख्दा साहु संग अनुनय विनय गरि रकम दिदिले तिर्नै नसक्ने भनी रोइकराइ गरि बहिनीले सो रकम माफ गराउन सफल भएकि थिइन ।

साहुले टिकट नदिएको र आफूसंग पनि टिकट किन्ने पैसा नभएको हुदा गीता रसाइलीले नमुना बिस्वकर्मा समाज नेपाल - कुवेतका अध्यक्ष कुल बहादुर बिस्वकर्मा लाई जानकारी गराएकी थिइन । नमुना विस्वकर्मा समाज नेपाल - कुवेत र गिता रसाईलीको बिशेष सहयोगमा टिकटको ब्यवस्था गरि मिति २०१७/६/२१ गतेका दिन बिहान ९:४० मा नेपालमा सकुशल फिर्ता पठाउन सफल भएको छ । नमुना बिस्वकर्मा समाज नेपाल कुवेतका उपाध्यक्ष बिरबिक्रम सुनारको संयोजकमा बिमानस्थल पुगि सन्तु बिस्वकर्मालाई बिदाइ गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads