Loading...
काठमाडौको ​म्हेपीमा एकाबिहानै गोली चल्यो, एक घाइते


काठमाडौंमा आइतबार बिहानै गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान ४ बजेतिर गोली चलेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयोे ।  
उहाँका अनुसार ३ बजेर ५० मिनेटमा नचिनेका दुई जना मानिसले चलाएको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते हुनुभएको छ । गुरुङको खुट्टामा गोली लागेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 
घाइतेको उपचार भइरहेको छ भने गोली हान्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंको नयाँ बानेश्वरमा केही दिन अघि नचिनेको मान्छेले चलाएको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads