Loading...
पूर्वसांसदले बाँडेको १० अर्बको योजना रद्द

काठमाडाैं । पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रूपैयाँका योजना रद्ध हुने भएका छन् ।  निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदका नामबाट छुट्याएका सम्पूर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो ।
निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । आजको नागरिकमा खबर छ-‘पूर्वसांसदले सिफारिस गरेका सम्पूर्ण योजना रद्द गर्न निर्देशन दिएका छौ,’ढकालले भने,‘सम्बन्धित निकायले रकम खर्च नगरी रोक्का राख्न भनेका हौ ।’
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads