Loading...
हङकङ सरकारबाट म्याग्दीकी टिका गुरूङ सम्मानित

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित हुनुभएको छ । शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई सम्मान गर्नुभएको हो ।
एनआरएनए हङकङकी अध्यक्ष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय समन्वय समितिकी बरिष्ठ उपाध्यक्ष लगाएत हङकङमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहनुभएकी गुरूङलाई हङकङ बेलायतबाट स्वतन्त्र भएको अवसरमा १ जुलाईको अवसरमा पारी दिईने ३३१ पदक मध्ये ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मानको सुचीमा राखिएको थियो । हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मान भित्र पर्छ।
हङकङ नेपाली ब्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा बर्तमान सल्लाहकार लगाएत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा सक्रिय रहनुभएकी गुरूङले सम्मानबाट सामाजिक दाहित्व बढेको बताउनुभयो । ‘सम्मानले सामाजिक कार्य गर्न आत्मबल र जिम्मेबारी थपिएको छ । आगामी दिनमा पनि निरन्तर सक्रिय हुनेछु’ गुरूङले  भन्नुभयो ।
हङकङ र मकाउमा रियलस्टेट ब्यवसायी समेत रहेकी गुरूङले बुद्ध शिक्षालाई प्रचारप्रसार गर्ने क्षेत्रमा समेत सहयोग गर्ने गर्नुभएको छ । विश्वभर रहेका म्याग्देलीहरूलाई एउटै सञ्जालमा जोड्ने मोना आइसीका योजनाकार एवम् संस्थापक अध्यक्ष प्रकाश पुनकी धर्मपत्नी समेत रहेकी गुरूङ एनआरएनएबाट समेत नेपालमा विभिन्न सहयोग भित्राउने गरेकी छन् ।
एनआरएनएमा पुरुषको बचस्व रहेको अवस्थामा गुरूङले एनआरएनए लिड गर्ने घोषणा गरेसंगै निर्वाचन प्रक्रियामा निर्विरोध हुनुभएको थियो । विश्वकै आर्कषक ब्यापारिक केन्द्रको रुपमा रहेको हङकङ रोजगारका लागि आर्कषक गन्तब्य मानिन्छ । यसअगाडी हङकङ सरकारबाट नेपालका रिता गुरूङ, कुल प्रसाद गुरूङ, प्रदिप थापा लगाएतले समेत सम्मान प्राप्त गरेका थिए ।
बेनिअनलाईन बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads