Loading...
आमिर खानले आत्मकथा लेख्ने तर मृत्युपछि मात्र छापिने !

महिला सशक्तिकरणको सन्देश दिने फिल्म ‘दंगल’ ले भारत र चीनमा राम्रो चर्चा पायो । अब आमिर खान यसै विषयमा अर्को चलचित्र ‘सेक्रेट सुपरस्टार’ लिएर आउँदैछन् ।

सधै हिट फिल्म दिने आमिर खान सुपरस्टारले मात्र फिल्म हिट गराउन सक्छन् भन्ने मान्दैनन् । आमिर खानले बीबीसीलाई भनेका छन्, ‘फिल्मको सफलता र असफलताको श्रेय सुपरस्टारलाई मात्र दिन सकिन्न, फिल्म पिके हिट भयो तर मेरो कारणले होइन, फिल्म राम्रो थियो,’ उनले भनेका छन्, ‘सुपरस्टारले कहिल्यै पनि फिल्मलाई हिट बनाउन सक्दैनन्, बरु फिल्मले अभिनेतालाई हिट सुपरस्टार बनाउन सक्छ, सुपरस्टारले केवल फिल्मको राम्रो ओपनिङ गर्न सक्छन्, तर फिल्म जबसम्म राम्रो हुँदैन तबसम्म कसैले पनि फिल्मलाई हिट बनाउन सक्दैन ।’

आमिर खानका अनुसार स्टारठम पाउनलाई कोही तर्क हुँदैन, उनी आफैलाई थाहा छैन कि, तीस वर्षको स्टारठममा के कारण थियो र कसरी गरे भन्ने ।

आमिर खानकी आमाले उनलाई चेतावनी दिएकी थिइन्, ‘फिल्ममा सुपरस्टार हुने समय जम्मा सातदेखि आठ वर्षसम्मको हुन्छ’, आमा चाहन्थिन्, ‘आमिरले कुनै त्यस्तो व्यवसाय गरोस् जुनमा जोखिम कम होस् ।’
शाहरुख खान र सलमान खानको साथमा काम गर्ने इच्छा राखेका आमिर खान एउटा राम्रो स्किृप्टको खोजीमा थिए जुनमा दुवै खानका साथ काम गर्न सकून् ।

तर उनका लागि खुशीको कुरा त के छ भने महानायक अमिताभ बच्चनसँग फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा काम गरिरहेका छन् । ‘अमिताभ जी प्रतिभाका उचाइ हुन्, यो मेरा लागि महत्त्वपूर्ण अनुभव हो, मैले बच्चन साहेबलाई यति नजिकबाट काम गरिरहेको देख्न पाएको छु, उहाँ धेरै नै उदार र दयालु सह–कलाकार हुनुहुन्छ’, उनले थपे, ‘मैले उहाँबाट धेरै कुरा सिकिरहेको छु ।’

आफ्नो शो ‘सत्यमेव जयते’ मार्फत विभिन्न सामाजिक मुद्दा उठाएका आमिर खान भन्छन्, ‘हामी कलाकार यति धेरै प्रशंसकसँग मिल्छौं, हामी आफ्नो सुरक्षाका लागि आफ्नो आसपास एक पर्खाल खडा गरेका हुन्छौं र वास्तविकतादेखि टाढा जान्छौं’, आमिर भन्छन्, ‘तर सत्यमेव जयतेले मलाई यति धेरै मान्छेसँग मिलायो कि, मलाई रचनात्मक रुपले मद्दत पुग्यो ।’

देशका सामाजिक मुद्दासँग जोडिएका आमिर खानले राजनीतिमा नजाने निर्णय गरेका छन् किनकि उनी जुन व्यवसायमा छन्, त्यो व्यवसायमा उनलाई लगाव छ र समाजका लागि जे गर्न चाहन्छन् त्यसका लागि राजनीतिमा जान जरुरी छैन ।

आमिर आफ्नो जीवनलाई पुस्तकका माध्यमबाट प्रस्तुत गर्ने चाहना राख्छन् । ‘म आफ्नो जिन्दगीबारे किताब लेखेर त्यसलाई सील गर्नेछु, म मेरो वकिलसँग भन्नेछु जब मेरो मृत्यु हुनेछ तब किताब प्रकाशन गर्नू’, उनले भनेका छन्, ‘जब उक्त किताबको प्रकाशन हुन्छ, त्यो बेला म रहन चाहन्न ।’

आमिर चाहन्नन् कि, उनीमाथि कुनै बायोपिक बनोस्, किनकि उनलाई आफ्नो कहानी मन छुने छ भन्ने लाग्दैन । आफ्नो तीस वर्षको करियरमा आमिरले धेरै थोक गुमाएका छन् र धेरै कुरा पाएका छन् । आफ्नो जिन्दगीमा गुमाएका कुरा गन्दै उनी भन्छन्, ‘कामको पछि लागेर मैले परिवारलाई प्राथमिकतामा राखिन, दिनचर्यामा मेरो काम मेरो प्राथमिकता हो, यही कुराले मलाई पीडा दिन्छ ।’ उनी भन्छन्, ‘मैले आफ्ना छोराछोरीसँग धेरै समय बिताउन पाएको छैन तर दुख छैन, किनकि मेरो उनीहरुसँग धेरै गहिरो र राम्रो सम्बन्ध छ ।’

उमेरको यो दौरानमा आमिर आफ्नो पाँच वर्षको छोरो आजादसँग समय बिताउँछन् । अद्वैत चन्दनद्वारा निर्देशित ‘सेक्रेट सुपरस्टार’ मा अन्तरंगी संगीतकारका रुपमा देखिँदैछन् । चलचित्र दंगलबाट चर्चामा आएकी चायरा वसीम यो चलचित्रमा मुख्य भूमिकामा देखिँदैछिन् । फिल्म १९ अक्टोवरमा रिलिज हुँदैछ ।

बीबीसी हिन्दीबाट भावानुवाद

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads