Loading...
म्याग्दी प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ मा यूवा नेता विनोद केसीको उम्मेदवारी

आगामी मंसिर १० गते हुन गैरहेको प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले प्रदेशसभा सदस्यका क्षेत्र नम्बर १ मा यूवा नेता विनोद केसीलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला नेता समेत रहेका केसीलाई प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा प्रस्तुत गरिएको माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक गोविन्द पौडेलले बेनीअनलाइनलाई बताए ।
‘हामीले सर्वसम्मतिले उम्मेदवार टुंगो लगाएका छौ, अव चुनावी अभियानले तिब्रता पाउनेछ’ पौडेलले भने । उनले पार्टीले सक्रिय यूवा नेतालाई उम्मेदवारी बनाएकाले क्षेत्र नम्बर १ बाट विजयको सुनिश्चित जस्तै भएको दावी समेत गरेका छन् । माओवादीको जनयूद्धमा ज्यान गुमाएका मदन केसीका भाई समेत हुन् । २०५८ सालमा मराङको घण्टेवाङबाट मदनलाई तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर दरवाङको दुखुमा क्रुरतापूर्वक हत्या गरिएको थियो ।
माओवादीको केन्द्रिय महाधिवेशन आयोजिक समितिका सदस्य समेत रहेका केसीको उम्मेदवारीलाई सर्वसम्मतिले टुंगो लगाएपछि माओवादीको चुनावी अभियान सुरु भएको माओवादी केन्द्रले जनाएको छ । माओवादीको यूवा विभाग हुदै पार्टीको सचिवाल र केन्द्रिय महाधिवेशन आयोजिक समितिसम्म पुगेका केसी विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन् । रघुगंगा गाउँपालिका भगवनी स्थायी घर भएका केसी बेनी नगरपालिका–८ का मतदाता समेत हुन् ।
बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर १ मा पर्छ । नेकपा एमाले र माआवादी केन्द्रले सिट बाँडफाँटमा माओवादीलाई प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर १ परेको थियो ।म्याग्दी जिल्लामा कुल ७५ हजार ५ सय ३८ जना मतदाताहरुको नामावली कायम गरिएकोमा प्रदेशसभा अन्र्तरगत क्षेत्र नम्बर १ मा बेनी नगरपालिकामा कुल मतदाता १९ हजार ६०५ मतदाता रहेका छन् ।
तीमध्ये १० हजार ४६८ महिला र नौहजार १३७ जना पुरुष, रघुगंगा गाउँपालिकामा १२ हजार ३७३ मतदातामध्ये छ हजार ५३१ महिला र पाँचहजार ८४२ पुरुष र ११ हजार १५ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा पाँचहजार ६५७ महिला, ५ हजार ३५७ पुरुष र एकजना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । माओवादीको उम्मेदवारलाई नेकपा एमालेले समेत सघाउने छ ।
 बेनिअनलाईन बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads