Loading...
८८ किलो सुन प्रकरणमा कांग्रेस उम्मेदवार पक्राउ

 नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्ति ८८ किलो सुन तस्करी प्रकरणको अारोपमा पक्राउ परेका छन् । प्रहरीले सोमबार काठमाडौंको स्वयंभूबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । उनी नेपाल-केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् ।
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो सुन एक चिनियाँ नागरिकको रहेको अनुमान छ ।
८८ किलो सुन काठमाडौं ल्याउन तामाङले मध्यस्तता गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ 
onlinekhabar

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads