Loading...
बलात्कारपछि आँखा झिकेर हत्या गर्न खाेज्ने पक्राउ

भोजपुर । आमचोक गाउँपालिका स्थित एक दलित बालिकामाथि बलात्कारपश्चात निर्मम कुटपिट गरी ज्यान मार्ने प्रयास भएको छ । १४ वर्षीया विक लाई कार्तिक ११ गते दिउँसो सोही ठाउँकै सन्तोष श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास गरेका थिए ।
घरपरिवारले खोज्दै जाने क्रममा गाउँ नजिकैको भीरबाट लडेर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक दिपेन्द्र थारूले जानकारी दिए । वलात्कृत बालिकालाई अर्धचेत अवस्थामा आफन्तजन र स्थानियबासीले भेटेपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च अभावमा उपचार हुन नसकेको अाफन्तले जानकारी दिए । बालिकाको देब्रे आँखा कामै नलाग्ने गरी विग्रीएको छ । बहिनीको उपचारार्थ सहयोगका लागि दाजुले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
पीडितको परिवारबाट कुनै पनि रिपोर्ट र प्रतिक्रिया नआएको र बलात्कारको आरोपी सोही गाउँपालिका सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा  लिएकाे छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads