Loading...
हिलाम्य बाटोमा बस पल्टिदा ५ घाइते

gadi
कास्की, १६ असोज- कास्कीको मादी गाउँपालिका वडा नं ६ बाटुलेचौरमा बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते मादी गाउँपालिका १ का प्रकाश गुरुङ र सिक्लेसका चोक गुरुङलाई उपचारको लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

अन्य घाईतेमा भद्र गुरुङ, सपना क्षेत्री रहेका छन् भने एकको नाम खुलेको छैन । भद्रको गाउँमा नै सामान्य उपचार गरिएपछि घर फर्किएका छन् ।

सिक्लेसबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ४६९६ नं को बस अधितम भार बहनको कारण पल्टिएको यात्रुले बताएका छन् । बसमा भित्र तथा छतमा गरी ५० यात्रुुले यात्रा गरेका यात्रुले बताएका छन् । सिल्दुजुरेमा आउदा हिलाम्य बाटोमा रोकिएको बसलाई ड्राईभरले अगाडी वढाउन प्रयास गरिरहेको बेला पल्टिएको बताईएको छ ।

दुर्घटना हुने बित्तिकै ड्राईभर ईन्द्र तामाङ फरार भएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads