Loading...
माओवादीलाई भोजपुर सुम्पन किन तयार भयो एमाले


काठमाडौं । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले बाम तालमेलको घोषणा गरेर टिकट बाडफाँटको प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । 

टिकट वितरण कार्यदलमा रहेका एमाले नेताहरुको गतिबिधीले एमाले कार्यकर्ता चकित भएका छन भने माओवादी कै नेताहरु पनि छक्क परेका छन् । 

यहाँ उठाउन खोजिएको प्रशंग हो भोजपुर जिल्लाको । 

भोजपुर एमालेका लागि उर्वरभूमि हो । २०७० सालको संबिधान सभा निर्वाचनमा त्यहाँका दुबै सिट एमालेले भारी मत अन्तरले जितेको थियो । स्थानीय तहको निर्वाचनमा पनि भोजपुरमा एमालेले आफ्नो वर्चश्व कायमै राख्यो । तर अहिले भोजपुर जिल्ला माओवादीलाई जिम्मा लगाउने तयारी भैरहेको छ । 

जबकी एमाले एक्लै निर्वाचनमा भिड्दा पनि सहजै जित्ने जिल्ला हो भोजपुर ।

सिट बाडफाँट कार्यदलमा रहेका एमाले महासचिव इश्वर पोखरेलकै अगुवाईमा एमालेले भोजपुर जस्तो उर्बरभूमिमा माओवादीलाई जिम्मा लगाउन लागेको हो । एमालेले भोजपुर माओवादीलाई दिएर संखुवासभा मागेको छ । जबकी संखुवा सभामा जनमतका हिसाबले काँग्रेस पहिलो र एमाले दोश्रो स्थानमा छन् । 

२०७० सालको संबिधान सभा निर्वाचनमा पनि संखुवासभाका दुबै सिटमा एमाले पराजित भएको थियो । गत संबिधान सभा निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका राजेन्द्र गौतमलाई फेरी उम्मेदवार बनाउन एमालेले भोजपुर माओवादीलाई सुम्पने तयारी गरेको हो । त्यसका लागि एमाले महासचिव इश्वर पोखरेल आफैंले अडान लिईरहेका छन् । 

‘जबकी माओवादीले कार्यदलको बैठकमा संखुवासभाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र आफुलाई चाहिने बताएको थियो । तर पोखरेलले संखुवासभाको साटो भोजपुर दिने बताए ।’, एमाले श्रोतले भन्यो । 
श्रोतका अनुसार महासचिव इश्वर पोखरेलकै जोडबलमा संखुवासभाको मागबाट माओवादी पछि हटेर भोजपुर लिन तयार भएको हो ।

माओवादीलाई भोजपुर सुम्पन किन तयार भयो एमाले ? 

प्रतिनिधी सभाका लागि भोजपुरबाट एमाले केन्द्रिय सदस्य राजेन्द्र राई र सांसद कृपाशुर शेर्पा लगायतका नेताहरु सिफारिसमा परेका छन् । पुर्व मन्त्री समेत रहेका एक नम्बर प्रदेशका सह इञ्चार्ज शेरधन राईले मुख्य मन्त्री बन्ने आसमा प्रदेश सभा रोजिसकेका छन् । कृपाशुर शेर्पा पछिल्लो पटक बिभिन्न विवादमा परेका थिए । त्यसैले भोजपुरमा राजेन्द्र राईले टिकट पाउने निश्चित जस्तै भएको थियो । राईले पछिल्ला बर्षहरुमा आफ्नो अधिकांश समय भोजपुरमै बिताईरहेका छन् । भोजपुरमा ओली समुहकै कार्यकर्ता पनि माधव नेपाल समुहका राजेन्द्र राईलाई टिकट दिनुपर्ने पक्षमा लागेका थिए ।

माधव नेपालका विश्वास पात्रका रुपमा हेरिएका राईले टिकट पाउने निश्चित जस्तै भएपछि टिकट बाडफाँट कार्यदलमा रहेका एमाले नेताहरुकै जोडबलमा भोजपुर जिल्ला माओवादीलाई दिने सहमति भएको हो । 
२०७० सालको संबिधान सभा र २०७४ सालको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा सिट बाडफाँट गर्ने सहमतिदुई दलबिच भएको थियो । तर एमालेकै महासचिवको अगुवाईमा भोजपुर जस्तो उर्वरभूमि एमालेले गुमाउँदै छ भने राजेन्द्र राई जस्ता शसक्त युवा नेता माथी फेरी फेरी एक पटक अन्यायको श्रृंखला दोहोरिँदैछ ।
लोकान्तर बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads