Loading...
विप्लव र मोहन वैद्य नेतृत्व पार्टी बाम एकता हुने

Click to Load Image
पोखरा– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले  क्रान्तिकारी पार्टीहरुबीच एकता हुने बताएका छन् । 
 उनले नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नयाँ शक्ति पार्टीबीचको  गठबन्धनलाई ‘प्रतिक्रियावादी  सत्तामा जानेहरुको गठबन्धन’को  संज्ञा दिँदै उनीहरु बाम शक्ति हुनै नसक्ने टिप्पणी गरे । 
पार्टीको पोखरामा आजदेखि सुरु भएको पहिरो राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै वैद्यले भने, ‘प्रतिक्रियावादी शक्तामा जानेहरु बाम शक्ति हुन सक्दैनन् ।  अब क्रान्तिकारी शक्तिलाई बलियो बनाउने दिशामा असली क्रान्तिकारीहरु लाग्छौं ।’
क्रान्तिकारी शक्तिहरुबीच एकता गर्न  विप्लव नेतृत्वको नेकपा र ऋषि कट्टेलको नेकपासँग वार्ता भइरहेको भन्दै छिट्टै निष्कर्षमा पुगिने सो क्रममा वैद्यले खुलासा गरे ।  
‘क्रान्तिकारी पार्टीहरुबीच एकता हुन्छ ।  यसका लाथि विप्लव र ऋषि कट्टेलको  नेकपासँग कुराकानी भएको छ । छलफललाई  छिट्टै नै निश्कर्षमा पुर्याएर एकता गर्छौ ।’
प्रचण्डले पटक पटक  निरन्तरतामा क्रमभंग भन्ने गरेको स्मरण गर्दै वैद्यले  भने, ‘उहाँले यो कुरा जनयुद्धको  समयमा पनि  भन्ने गर्नुहुन्थ्यो ।  त्यो समयमा ठीक थियो । तर, अहिले भनेको  क्रमभंग भने  उल्टो क्रम भंग हो   । ’
अधिकांश समय सच्चा क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका वैद्यले  जनवादी क्रान्ति पूरा नभई समाजवादी क्रान्ति हुनै नसक्ने बताए । 
हालै घोषणा गरिएको बाम गठबन्धनलाई इंगित गर्दै वैद्यले  अहिले समाजवादको कुरा  गरिनु अवसरवादी मात्रै भएको टिप्पणी गरे । 
क्रान्तिकारीहरुको वैकल्पिक शक्ति बताएरै छाडने भन्दै त्यसको लागि पार्टी  क्रियासिल रहेको पनि वैद्यले बताए । ‘ प्रतिक्रियावादी राज्यसक्ता, र दक्षिणपन्थी अवसरवादलाई ध्वस्त पार्दै  क्रान्तिकारी राज्यसत्ता स्थापना गरेरै छाड्छौं’, उनले भने । 
अबको क्रान्ति  पूरानो तरिकाले नहुने भन्दै वर्तमानको आवश्यकता अनुरुप हुने   वैद्यको भनाई थियो । 
सो अवसरमा नेकपाका  नेता हेमन्तप्रकाश ओलीले अहिले भएको भनिएको बाम एकता फोहारी मान्छेहरुको एकता भएको भन्दै असली बाम शक्ति आफूहरुले निर्माण गर्ने बताए । 
यस्तै नेकपाका ऋषि कट्टेलका पनि कम्युनिष्ट पार्तीहरुबीचको एकतामा जोड दिए । 
 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads