Loading...
किन टुङ्गिएन ५ जिल्लामा वाम गठबन्धनको उम्मेदवारी विवाद

काठमाडौं । नेकपा एमाले–माओवादीको वाम गठबन्धनले ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याएका छन् । बाँकी ५ जिल्लामा भने अझै सहमति जुट्न सकेको छैन ।
आइतवार (आज) विहानसम्म सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा टिकट कस्ले पाउने भनने टुंगो लाग्न बाँकी छ । दुवै पार्टीका नेताहरुको समान रुपमा दावी गरेका क्षेत्र भएका कारण अन्तिम टुंगो लगाउन कठिन भएको नेताहरुले बताएका छन् ।
कहाँ कस्तो विवाद ?
झापा
झापाका पाँचवटै क्षेत्रमा नेकपा एमालेले दावी रहेको छ । यता माओवादीले नेता राम कार्कीका लागि छुट्टयाउन आग्रह गरिरहेको छ। अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी सहमति हुने गरि छलफल भइरहेको माओवादीका एक नेताले खबरडबलीलाई जानकारी दिए।
सुनसरी 
वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नं १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ।
उदयपुर
झापा नपाउने स्थिति बनेमा नेता कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ। झापाको विवाद समाधान भएसँगै उदयपुरको टिकट टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
चितवन
चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेलपनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दुवै पक्षले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएकाले यो क्षेत्रमा सहमति जुट्न नसकेको हो ।
सल्यान
एउटामात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एमाले र माओवादीका दुई नेताले सशक्त रुपमा आफ्नो दावी गरेकाले टुंगो लगाउन समस्या देखिउको हो।
एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेत दुवैले सल्यान छोड्न मानिरहेका छैनन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads