Loading...
के भने वाम एकता बारे ओमनका संग संस्था प्रतिनिधिले




प्रस्तुत : पूर्ण विक (पहाडी )

मुन्ना बाबु परियार भुतपुर्व माओवादी लडाकु जनप्रगतिशिल मञ्च ओमनका सल्लाहकार ।

अहिले नेपालका कम्युनिस्टहरुको वाम एकता पहिला नै हुनु पर्ने हो । तर ढिलाइ भए पनि यो वाम एकता अहिलेको सन्दर्भमा सहि छ । यो एकता लामो समय सम्म रहनु पर्छ । अन्य कम्युनिस्ट पार्टीहरु पनि वाम एकता आउनु पर्छ । अहिले समयको माग र नेपालमा  विकास गर्न लागि यो एकता अपरिहार्य छ ।

तोलाकान्ता भट्टराई एन आर एन ओमनको सल्लाहकार ।

समाज सेवि तोलाकान्ता भट्टराई के भन्नू हुन्छ  वाम एकता बारेमा । 

नेपालको वाम एकता समय अनुसार सहि छ । तर वाम एकता कति समय रहन्छ भन्ने मुख्य कुरा हो । नेपाली राजनीतिक तरलता अब रोकिन्छ कि भन्ने यो वाम गठबन्धनले आश देखाएको छ । सम्भवत अब यो वाम एकता सहि तरिकाले अगाडि बढ्यो भने देश विकास र नेपाली राजनीतिकले छुट्टै किसिमको परिवर्तन ल्याउछ । सके सम्म वाम एकताले युवाहरूलाई अवसर दिनु पर्छ युवा जोस जागरलाई प्रयोग गरेर देशको उन्नतिका लागि अगाडि बढ्नुपर्ने देखिन्छ ।

लिलानाथ कोइराला, प्रवासी नेपाली मन्च ओमनका प्रथम उपाध्यक्ष ।

अहिले चर्चा रहेको वाम सबै एक ठाम भन्ने मुल नारा रहेको वाम एकता सहि छ । म आफै पनि नेकपा एमाले सदस्य भएको नाताले अहिले पार्टीले सहि निर्णय गरेको मा हामी प्रवासमा रहेका वाम साथीहरू खुसी छौ । देशमा भएको विभिन्न आन्दोलन बाट प्राप्त भएको परिवर्तनलाईफ संस्थागत गर्न, नेपालमा रहेको विभिन्न किसिमको विभेदहरु अन्त्य गर्न यो वाम एकता सहि छ तर वाम एकताको नाममा पद पाउन र सरकार टिकाउन चुनाव सम्म मात्रै हो भने यो वाम एकता र तालमेलको अर्थ हुने छैन । तर देश अहिले धेरै अगाडि बढी सकेको छ वाम एकता संगै पार्टी एकता पनि हुनुपर्छ । यसो भयो भने देशमा रहेका समस्याहारुलाई समाधान र आर्थिक शैक्षिक,सामाजिक विकास हुने छन यसको लागि पनि वाम एकता आजको आवस्यकता भन्ने मेरो बिचार छ ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads