Loading...
निर्वाचन आयोगले मतपत्र छपाइ कार्य तीव्र ३९ दलको चुनाव चिह्न मात्रै छपाइ हुने

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य तीव्र बनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअनुरूप जनक शिक्षा सामग्रीमार्फत समानुपातिक निर्वाचनको मतपत्र छापिरहेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मंगलबारसम्ममा ८० लाख मतपत्र छापिसकेको जानकारी दिए , राजधानी दैनिकमा खबर छ ।
election commission
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिन समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको छ । यसअघि ८८ वटा दलहरूले निर्वाचनमा भाग लिनेगरी आयोगमा निवेदन दिएको थियो । आयोगले प्रत्येक दललाई निर्वाचन चिह्नसमेत दिइसकेको छ ।

तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने बेला गत २९ असोजमा ४९ वटा दलहरूले मात्रै सूची बुझाएका थिए । निर्वाचन आयोगले भने ८८ वटै दलहरूका लागि चुनाव चिह्नसहित समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ कार्य गरिरहेको छ ।

‘अब ३९ दलको चुनाव चिह्न मात्रै हुने भयो, उम्मेदवार नहुने भयो,’ आयोगका प्रवक्ता ढकालले भने, ‘किनभने हामीले पहिल्यै ८८ वटै दलका लागि हुने गरी मतपत्र छपाइ सुरु गरेका थियौं ।

आयोगले गत १७ असोजदेखि नै मतपत्र छपाइ सुरु गरेको हो । आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री भक्तपुरलाई जिम्मा दिएको छ । आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ७४ लाख मतपत्र छाप्नेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads