Loading...
म्याग्दीको दरबाङ्ग हुने मोना सम्मेलनको तयारी तीब्र

आगामी असोज २२,२३ र २४ गते म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङ्ग बजारमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तरास्ट्रिय कार्यसमितिको दोस्रो महादिबेशनको तयारीलाई तिब्र रुपमा अगाडि बढा इएको छ।
कार्यक्रम नजिकिदै गर्दा महादिबेशनको व्यवस्थापकिय जिम्मा लिएको मालिका गाउँपालिकाले महादिबेशनलाई सभ्य एबम भव्य रुपमा सफल बनाउन चौतर्फी छलफल तथा गृहकार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ ।मंगलबार गाउँपालिकाले म्याग्दी कलाकार संघ काठमाडौसंग पनि छलफल गरेको छ।
छलफलमा व्यवस्थापन समितिको तर्फबाट मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,गाउँ कार्यपालिका सदस्य दोरन शेरचन ,सांस्कृतिक बिभागका संयोजक बिरबहादुर कार्की तथा म्याग्दी कलाकार संघ काठमाडौका उपाध्यक्ष सम्भोज मल्ल तथा सचीव राम गगनले उपस्थिति जनाएका थिए।छलफलमा गाउँपालिका अध्यक्ष रोका मगरले महादिबेशनलाई सभ्य एवम भब्य रुपमा सफल बनाउन आफू र गाउँपालिका अनब्रत रुपमा अगाडि बढेको बताउनुभयो ।
साथै उहाँले भन्नुभयो महादिबेशन मालिका गाउँपालिकाको मात्र नभई समग्र म्याग्दी जिल्लाको बिकासको ढोका खोल्ने अवसर भएकाले सबै मिलि कार्यक्रम कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिनुभयो । म्याग्दी कलाकार संघका उपाध्यक्ष मल्लले कार्यक्रम सभ्य एबम भव्य रुपमा सम्पन्न गर्न आफु र म्याग्दी कलाकार संघ काठमाडौको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै दोस्रो महादिबेशन सफल बनाउन आफुहरु प्रचारप्रसारलाई तिब्र रुपमा अगाडी बढाइएको सांस्कृतिक बिभागका संयोजक बिरबहादुर कार्किले बताउनुभयो।
कार्यक्रम अवधि भर रास्ट्रीय ख्याती प्राप्त कलाकारहरु खड्क गर्बुजा मगर,कृष्ण परियार ,लाली बुढाथोकी मगर,सम्भोज मल्ल ,रामगगन ,कुमारी चेपाङ ,बिमला गर्बुजा मगर,पानु रोका मगर,सज्जन बोहरा ,प्रकाश ,बिष्णु डगामी,दिलकुमारी गर्बुजा मगर,डिलबहादुर रामदाम,सरिस्मा राम्जालि मगर,राजन भुजेल ,मिता पुन मगर र शिला गुरुङको बिजोड प्रस्तुति रहने सचीव रामगगनले पश्चिम म्याग्दी न्युजलाई जानकारी दिनुभयो।साथै कार्यक्रममा जिल्लास्तरीय नौमति पन्चेबाजा प्रतियोगिता ,विभिन्न जातजाति तथा धर्महरुको सांस्कृतिक कला प्रस्तुतिहरु रहनेछन्।
बिश्व चर्चित एबम एनआरएनका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त महादिबेशनमा करिब ५००० हजार भन्दा बढी दर्शकहरूको उपस्थिति रहने आयोजकले आकलन गरेको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads