Loading...
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा आइतबार साँझ बोलेरो जीप दुर्घटना

मंगला गाउँपालिका–१ कुहुँमा आइतबार साँझ बोलेरो जीप दुर्घटना भएको छ ।कुहुँमा आयोजित मेलाबाट फर्किएका यूवाहरु सवार रहेको ग १ च ८७९२ को बोलेरो कुहुँको पहिरोे भन्ने ठाउँमा दुर्घटना हुदाँ ६जना घाईते भएको स्थानीय सुरेश पुनले बबताए । ‘क्षमताभन्दा धेरै यात्रु सवार थिए ।घटनास्थलबाट घाईतेलाई बेनी अस्पतालमा पठाइएको छ’ पुनले भने ।
उनले बोलेरोको पछाडी सवार यात्रुहरु हाम फालेर ज्यान जोगाएका थिए ।६ जनाको क्षमता रहेको बोलेरोमा करिव २६ जना यात्रु सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन् । क्षमताभन्दा धेरै यात्रु सवार रहेको थिए । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाईतको पहिचान हुन सकेको छैन् । तातोपानीका बिशान्त कँडेलको बोलेरो रहेको उद्धारमा खटिएका यूवाले बताएका छन् । घाईतेको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
 बेनिअनलाईन बाट साभार 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads