Loading...
निर्वाचनको समयमा देउवा सरकारले सेना परिचालन गर्ने निर्णय

निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन ।582036-434852-sher-bahadur-deuba
बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल (यसअघिकै शैलीमा) सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए । कान्तिपुरमा खबर छ |

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads