Loading...
प्रचण्डको चुनावी कमाण्डर देवी ज्ञवाली



काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्ड र भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेणु दाहालसँग झिनो मतले पराजित एमाले नेता देवी ज्ञवालीबीच भेट भएको छ ।
वाम तालमेलपछि प्रचण्ड चितवनबाट चुनाव लड्ने घोषणा भएपछि ‘प्रचण्ड–ज्ञावली’ सम्बन्धको बारेमा धेरैले चासो देखाएका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा बोलाएर दुईको भेट गराएका हुन् ।
मतपत्र च्यातेर आफूलाई राज्य संयन्त्र दुरुपयोग गरेर हराइएको भन्दै प्रचण्डको खरो बिरोधमा उत्रेका ज्ञवालीले आफू प्रचण्डको चुनावी कमाण्डर बन्न तयार रहेको बताएका छन् । ‘म राजनीतिक कार्यकर्ता हुँ, हिजो के भयो भन्ने कुरा समिक्षा गरौंला,’ ज्ञवालीले भने, ‘तर, आज एमाले पार्टीले सिंगो देशको एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने अवसर आएको छ । म प्रचण्ड कमरेडको चुनावी कमाण्डर बनेर जिताउन तयार छु ।’
ज्ञवालीलाई भेट्नासाथ माओवादी अध्यक्ष प्रचण्डले उनको आदर्श र निष्ठाको प्रशंसा गरेका थिए । ‘त्यस्तो पस्थितिमा समेत बिचलित नभएको भन्दै आफु ज्ञवालीबाट प्रभावित भएको बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads