Loading...
बांगेमोडमा बस दुर्घटना

Click to Load Image
फाइल तस्विर
धादिङ - सप्तरीबाट राजधानी काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा बस दुर्घटना भएको छ ।
राजविराजबाट हिजो साँझ छुटेको ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा डुबेको छ ।
बिहान करिब ५ ५० बजेको समयमा बस नदीमा खसेको हो । प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने बारेमा यकिन जानकारी आएको छैन ।
प्रहरीले रातोपाटीलाई  दिएको जानकारी अनुसार दुर्घटना स्थलबाट १५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली उद्धार कार्यमा खटिएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads