Loading...
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले सहमति अनुसार भागवण्डा गरे

 प्रमुख दुई वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकतासम्म अघि बढ्ने घोषणा गरेसँगै राजनितिक सरगर्मी बढेको छ । जसमा नयाँ शक्ति पार्टीपनि मिसिएको छ । 

एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६०/४० भागबण्डा हुने सहमति भएसँगै अव कुन दलले कुन क्षेत्रमा उम्मेदवारी पाउनेछन् भन्ने चासो बढेको छ । 

काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले सहमति अनुसार भागवण्डा गर्ने छन् । जस अनुसार स्थानीय तहको चुनावमा काठमाडौं उपत्यकामा राम्रो प्रभाव जमाएको एमालेले ४० प्रतिशत उम्मेदवारी माओवादीको पोल्टोमा पार्ने छ । 

चुनावी तालमेलका लागि भएको सहमति अनुसार नेकपा एमालेले माओवादी केन्द्रका लागि काठमाडौं उपत्यकामा बढीमा ५ सिट छाडने भएको छ । काठमाडौंका १० मध्ये ४ वटा चुनाव क्षेत्रमा एमालेले माओवादीलाई छाड्ने माओवादीका एक नेताले बताए । ६ वटा निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार उठाउने छ । काठमाडौंमा ४ र ललितपुरमा १ सिट छाड्ने सहमति भएको माओवादी स्रोत बताउँछ ।

एमालेले क्षेत्र नम्बर २ मा माधवकुमार नेपालको नाम सिफारिश गरिसकेको छ । यस्तै काठमाडौं ४ बाट राजन भट्टराई र ५ मा इश्वर पोखरेलको नाम सिफारिश गरिसकेको छ । 

स्रोतका अनुसार गत संविधानसभा चुनावमा आफूले जितेका ठाउँमा एमाले आफै उठ्ने र कांग्रेसले जितेका ठाउँमा माओवादी केन्द्रलाई दिने सम्भावना छ । 

संविधानसभाका दुईवटै चुनावका काठमाडौं १, ५, ८ र ९ मा कांग्रेसले चुनाव जितेको थियो । दोस्रो संविधानसभा चुनावमा क्षेत्र नम्बर ६ र १० मा पनि कांग्रेसले चुनाव जितेको थियो । 

काठमाडौं २, ३ र ७ मा एमालेले चुनाव जितेको थियो । पहिलो संविधानसभा चुनावमा भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल काठमाडौं १०, हिसिला यमीले काठमाडौं ७, हितमान शाक्यले काठमाडौं ६ र झक्कु सुवेदीले काठमाडौं २ मा चुनाव जितेका थिए । 

दोस्रो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेसले जितेको थियो । भने भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये एउटा नेपाल मजुदुर किसान पार्टी र अर्को नेपाली कांग्रेसले जितेको थियो । 

काठमाडौंमा दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेका स्थानीय तहमासमेत स्थानीय तहको चुनावमा एमालेले जितेको थियो । एमालेका आकाक्षी धेरै रहेका कारण उम्मेदवारको व्यबस्थापन गर्न एमालेलाई समस्या पर्ने देखिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads