Loading...
केही आइडियाहरु जसले एक्काइसौँ सताब्दीमा हाम्रो लागि उत्कृष्ट नमूना पेश गरिरहेका छन्

एक्काइसौँ सताब्दीमा हामीले धेरै समस्याहरु झेलिरहेका छौँ, जसले धर्तीमा हाम्रो अस्तित्वलाई नै चुनौति दिइरहेका छन् । सबैभन्दा ठूलो चुनौति हो, जलवायु परिवर्तन र महामारी । तर यी चुनौति त्यस्ता छैनन् जसको समाधानको विकल्प नहोस् ।

दुनियामा धेरै वैज्ञानिकहरु यस्तै चुनौतिहरुको समाधान गरी मानिसको जिवन र पृथ्वीलाई अझै उत्कृष्ट बनाउनमा जुटिरहेका छन् ।
यस्ता केही आइडियाहरु यहाँ प्रस्तुत गरेका छौँ, जसले एक्काइसौँ सताब्दीमा हाम्रो लागि उत्कृष्ट नमूना पेश गरिरहेका छन् :
कवाडीको व्यापार: विश्वभरमा अनेक प्रकारका फोहोरमैला तथा कवाडी सामान उत्पादन भैरहेका हुन्छन् । यस्तो फोहोर पूरै काम नलाग्ने होइन, पुनः प्रयोग गर्न समेत सकिन्छ । इन्डोनेसियामा फोहोर सामानहरु पुनचक्रण गरी डाक्टरहरुले प्रयोग गर्ने विभिन्न सामान उत्पादन गरिन्छ । यी कवाडी सामान धेरैजसो गरीब देशबाट खरीद गरिन्छ । यसका दुई फाइदा छन् । फोहोर हटाइँदा प्रदुषण कम हुन्छ भने गरीब देशहरुका लागि धेरथोर आम्दानी पनि हुन्छ । इटालीबाट हरेक वर्ष करीब ७० हजार टन फोहोर अष्ट्रिया आयात गरिन्छ । अष्ट्रियाले त्यसलाई जलाएर बिजुली उत्पादन गर्दछ ।
प्लास्टिक फोहोरलाई पुनचक्रण गरी पक्की सडक बनाउनमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
विद्युतिय फोहोर: विद्युतीय सामानको फोहोर अहिले विश्वभरका लागि सबैभन्दा ठूलो समस्या बनिरहेको छ । तर यसको समाधान पनि छ । यस्तो फोहोरलाई पुनचक्रण गर्नुको साटो खराब विद्युतीय सामानका अलग अलग भागबाट नयाँ सामान तयार गर्न सकिन्छ ।
यस्तो फोहोरको प्रयोग रेलको आधारभुत ढाँटा तयार गर्नमा पनि गर्न सकिन्छ । रेलवे कार बनाउनमा यदि पूरानो टायरको प्रयोग गरिएमा त्यसको आयु बढ्छ । रेललाइनका लागि प्रति किलोमिटर ३५ टन फोहोरको प्रयोग गर्न सकिन्छ ।
आज धेरै कामहरु रोबोटको मद्धतले गरिँदैछ । बिरामीको चेकजाँच तथा हेरविचारमा समेत रोबोटको प्रयोग हुन थालेको छ । गुगलले बिरामीको रोग पत्ता लगाउने रोबोट निर्माणमा डच विश्वविद्यालयसँग संयुक्त रुपमा काम गरिरहेको छ ।
नयाँ प्रकारका मेसिनको प्रयोग गरी जमिनको उब्जाउपन तथा फसल बिगि्रने कारण पत्ता लगाउन सकिन्छ । धेरै भन्दा धेरै उत्पादन गर्ने तरिकाका विषयमा पनि यी मेसिनको सहयोगले थप अनुसन्धान गर्न सकिन्छ । त्यसैले यो नयाँ प्रयोग भुकमरीबाट मुक्ति दिलाउन पनि सहयोगी हुनेछ ।
साइबर सुरक्षा ठूलो चुनौति
साइबर सुरक्षा आज सबैका लागि ठूलो चुनौति बनेको छ । ह्याकिङका माध्यमबाट संवेदनशील जानकारीहरु समेत चोरी हुन थालेका छन् । रुसले यसका लागि व्हाइट ह्याट ह्याकर्स ग्रुप नै तयार गरेको छ, जसले ह्याकर्सहरुमाथि निगारनी गर्दछ ।
भिडियो गेम्स बच्चाहरुलाई निकै मन पर्दछ । तर यस्ता भिडियो गेमले बच्चामा हिंश्रक व्यवहारको सिर्जना हुने गरेको आरोप लाग्ने गरेको छ । अमेरिकाले चाहीँ यस्ता भिडियो गेमको कूटनीतिक प्रयोग गर्ने ग्रेको छ । यिनै भिडियो गेमका माध्यमबाट विश्वभरका बच्चाहरुमा अंग्रेजी भाषा तथा अमेरिकी संस्कृति सिकाउने प्रयास गरिरहेको छ ।
स्विजरल्याण्डमा ठूला ठूला जलाशय सफा गर्नमा समेत रोबोटिक भ्याकुम क्लिनरको प्रयोग हुने गरेको छ ।
मोबाइल फोनको प्रयोग आज जोकोहीले पनि गर्ने गरेको छ । जसका कारण विश्वमा ठूलो संख्यामा मोबाइल फोन उत्पादन हुन थालेको छ । मोबाइल बनाउन यस्ता चिजको प्रयोग हुन्छ जो पृथ्वीमा थोरै परिमाणमा पाइन्छन् । बेलायती अनुसन्धानकर्ताहरु यस्ता पदार्थहरु पृथ्वीमा कहाँ कहाँ पाइन्छन् भन्ने कुराको अनुसन्धानमा जुटेका छन् ।
अनलाइन भैरहेको छ हरेक काम
आज विश्वमा तिब्र रुपमा डिजिटाइजेसन भैरहेको छ । बाल्टिक देशहरु त यो दिशामा निकै अगाडि बढिसकेका छन् । इस्टोनियाले त आफ्नो नाम नै इ-इस्टोनिया राखेको छ । इस्टोनिया दुनियाको पहिलो यस्तो देश हो जहाँ हरेक काम अनलाइन हुन्छन् ।
वायु उर्जाबाट चल्दछन् रेल
नेदरल्याण्डमा लगभग सबै रेलहरु वायु उर्जाबाट चल्दछन् । नेदरल्याण्डले यो महत्वाकांक्षी लक्ष्य आगामी वर्षसम्म हासिल गर्न सक्ने योजना तय गरेको थियो तर यो वर्षको सुरुमै हासिल गर्यो । युरोपियन युनियन हावा र पानीलाई सफाइ गर्ने विभिन्न यन्त्रहरु बनाउने दिशामा काम गरिरहेको छ । बिगि्रसकेपछि त्यसका सामानहरु पुनचक्रण गर्न सकिने जहाज निर्माण गर्ने दिशामा पनि इयूले काम गरिरहेको छ । जसका लागि स्टिलको साटो फाइबर प्रयोग गरिनेछ ।
देशको क्षेत्रफल कम तर उर्जाको माग बढि भएका देशहरुमा जलाशय माथि विशाल सोलार प्लान्ट निर्माण गरी सौर्यउर्जा उत्पादन गर्ने काम पनि भैरहेको छ ।
लामखुट्टे उन्मुलन
अमेरिकाको ह्युस्टन सहरमा एउटा यस्तो सेन्सर लगाइने छ जसले जिका भाइरस फैलाउने लामखुट्टेको पहिचान गरी नष्ट गर्नेछ । माइक्रोसफ्टले यस दिशामा अहम भूमिका खेलिरहेको छ ।
थुक दान
बेलायतमाको लण्डनमा मानिसको थुक संकलन गर्ने थुक बैंकको स्थापना गरिएको छ । जहाँ मानिसहरुलाई थुनदान गर्न प्रेरित गरिन्छ ।
मानिसहरुले दान गरेकेा थुकको ल्याबमा परीक्षण गरिन्छ अनि कसको थुकमा रोग प्रतिरोधी क्षमता छ भन्ने पत्ता लगाइन्छ । प्रतिरोधी क्षमतायुक्त थुक अर्थात् र्याल वैज्ञानिकहरुले विभिन्न एन्टीबायोटिक उत्पादनमा प्रयोग गर्न सक्छन् ।
सन् २०३५ सम्ममा विश्वको ४० प्रतिशत जनसंख्या हाइटेक सहरमा बसोबास गर्नेछ । यसका लागि हरेक घण्टामा ४ हजार नयाँ हाउजिङ युनिटको आवश्यकता पर्नेछ । यो आवश्यकता पूरा गर्नका लागि थ्री डी पि्रन्टिङको प्रयोग गर्न सकिन्छ । बीबीसी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads