Loading...
म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिको दोस्रो महाधिवेशनका लागि दुलही जस्तै रङ्गीएको दरवाङ

म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरवाङ दुलही जस्तै रङ्गीएको छ । म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्ट्रिय कार्यकारी समितिको दोस्रो महाधिवेशनमा सहभागि हुन आउनेलाई स्वागत गर्न दरवाङ बजारमा ब्यानर, ध्वजापटका, स्वागत गेट लगाएत विभिन्न देशबाट आउने प्रतिनिधि, अतिथि लगाएत सहभागलाई स्वागत गर्न दरवाङ बजार प्रवेशद्धार देखी बजारका विभिन्न ठाउँ दुलही जस्तै सजाइएको छ ।
आगामी असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीमा जुटेका मालिका गाउँपालिकाले स्थानीय आमा समुह, यूवा क्लव, बजारबासी लगाएतको उपस्थितिमा महाधिवेशनलाई एतिहाँसिक बनाउने गरी तयारी अन्तिम चरणमा पुर्याएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले  बताए । ‘विश्वभरबाट आउने सहभागिलाई अविस्मरणीय बनाउने प्रयासमा छौ । आवश्यक तयारी पुरा गरी अतिथिको स्वागतमा आतुर छौ’ रोकाले भने ।
महाधिवेशनको उद्घाटनमा सडक र हेलिकप्टरबाट आउने अतिथिलाई स्वागत, सम्मान र ब्यवस्थापनका लागि विभिन्न उपसमिति समेत बनाइएको छ । त्यस्तै झाँकी प्रदर्शन, पञ्चेबाजा लगाएत जिल्लाको लोपउन्मुख कला र संस्कृतिको प्रस्तुतीको तयारी समेत पुरा भएको छ ।
एनआरएन आइसीसीका अध्यक्ष शेष घले लगाएत एनआरएनका हस्ती, जिल्लाका र्सांसद, नगर तथा गाउँपालिकाका प्रमुख, सरकारी निकायका प्रमुख लगाएतको उपस्थिति रहने महाधिवेशनमा आवश्यक तयारीका बारेमा मोनाका अध्यक्ष योगेन क्षत्री सहितको टोलीले समेत स्थानीय ब्यवस्थापनको जिम्मेबारी लिएको गाउँपालिकासंग छलफल गरेको मोना आइसीका कोषाध्यक्ष चक्र बहादुर थापाले बताए ।
‘तयारीबाट उत्साहित छौ, दरवाङबासीले धेरै मेहनत गर्नुभएको छ’ थापाले भने । उनले सडक र हवाईमार्गबाट आउने अतिथिले स्थानीयस्तरका भएको ब्यवस्थापनबाट उत्साहित हुने बताउँदै पश्चिम म्याग्दीमा विकासका योजनाहरु प्रवेश गराउन समेत सहयोग भूमिका खेल्ने उनले बताए ।
उनले महाधिवेशनमा जिल्लाभित्रको सम्भावनाका साथै पुराना कला र संस्कृतिको जर्गेनाका लागि समेत विषेश समय ब्यवस्थापन गरेको बताए । यसैविच बिहिबार साँझ महाधिवेशनको तयारीका बारेमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मोनाका अध्यक्ष योगेन क्षेत्रीले २२ राष्ट्रबाट महाधिवेशनमा सहभागिता जनाउने बताए । उनले दुईबर्षसम्म गरिएका गतिविधिका साथै आगामी योजनाका बारेमा समेत छलफल हुने बताउँदै सहयोगको अनुरोध गरेका थिए । पत्रकार सम्मेलनको सञ्चालन कोषाध्यक्ष चक्र बहादुर थापाले गरेका थिए ।
source : Benionline 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads