Loading...
नेपाल वायुसेवा निगमलाई तीन जहाज भयो 'घाँडो'

Click to Load Image
चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् ।
निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ ।
त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिए ।
त्यस्तै एक वरिष्ठ क्याप्टेन नेपेन्द्र भट्टराईलाई निगम व्यवस्थापनले बर्खास्त गर्यो ।
निगमका एक उच्च अधिकारीका अनुसार, वरिष्ठ क्याप्टेनहरु सञ्जयबादे श्रेष्ठ र अनिशमान शाक्यले १७ सिटे चिनीयाँ जहाज 'वाई१२-ई' को क्षमता चित्त नबुझेको र अन्तराष्ट्रिय उडान गने ठूला जहाज बडाउने बाटो पनि नखुलेको भन्दै राजीनामा दिएका छन् ।
उनीहरुको राजीनामा स्वीकृत भने भइसकेको छैन । आजको नागरिकमा यो खबर छ ।
अब ती चिनीयाँ जहाज उडाउन निगमसँग एकजना मात्र क्याप्टेन बाँकी छन् उद्धव घिमिरे ।
एक मात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउने क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ । 

क्याप्टेन भट्टराईलाई सर्वोच्चले काममा फर्कायो 
-नेपाल वायुसेवा निगमले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको वरिष्ठ क्यप्टेन नृपेन्द्र भट्टराईलाई सर्र्वोच्च अदालतले काममा फर्काएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads