Loading...
२१ औं शताब्दीको हिन्दु धर्म भित्र म

aashis pariyar
म – तिहारकाे शुभकामना दाइ !
दाइ – ल ल शुभकामना तर म ढुङ्गा पुज्नेदिन भाइ !!
म – ए ए भने पनि कृस्चियन पर्नु भयाे हाेला …
दाइ – हैन यी दलित मानिनेहरु किन जस्ले लात हान्छ उस्कै पछि किन पर्छन ? नयाँ युगका मानि हु भनि धार्मिक स्वतन्त्रता भएकाे बेला पनि किन अबुझ छन हाम्रो समुदाय हिन्दूहरुले मन्दिर पस्दा ५ हजार जरिवाना, कुटपिट र कालाेमाेसाे दल्दा पनि अझै ज्यु ! ज्यु ..!
म – समाज हाेला दाेषी धर्मले त कहिल्यै सानाे ठुलाे जात भन्दैन नी दाजु …….
दाइ – भाइ दलितहरु चर्च, गुम्बा र मस्जिद भित्र जान पाउँछन् तर तिम्राे मन्दिर भित्र जान पाउदैन । अब भन धर्म गलत कि समाज ..? ती मुस्लिम, कृस्चियन र बुद्धिस्टहरु पनि नेपाली समाज कै हुन ।
म – सबै धर्म सकारात्मक छन । उदेश्य एउटै हाे बाटाे मात्र फरक तपाईंको कुरा पनि ठिक हाे तर परिवर्तन बिस्तारै हुन्छ …देशका ठुला मन्दिरहरु :- पशुपतिनाथ , मनकामना, पाेखराकाे बाराही साथै हाम्रा बागलुङ कालिका र म्याग्दी गलेश्वरमा सबै जान पाउँछन् गाउँ घरतिर मात्र असमातना छ बिस्तारै हाेला नी दाजु …?
दाइ – भाइ तिमी जस्तो नयाँ युगकाे परिवर्तनकारी बुझेकाे भाेगेकाे सचेत युवाले त यस्तो ज्यु र हजुर मै सिमित हुने कुरा गर्छाै अनि कसरी हामी हाम्रो पुर्खा र उपल्लो जातीलाई समानता माग्ने ..? भाइ कुरा बुझ …
हाे ! यदि मन्दिरमा तिम्रो घरकाे अक्षता चल्छ भने, तिम्रो घरकाे धुप चल्छ भने, तिमी मन्दिर भित्र गएर पुजा गरि समानता र मनमा अात्म सन्तुष्टी हुने तिमी पुजारी बन, हिन्दुकाे भक्त भएर जीवन बिताउ मेराे भन्नू केही छैन ….म त अाम देशका १ चाैथाई ६० लाख दलितकाे न्यायका लागि लड्छु ।
म – अा-अाफ्नाे बिचार हो दाजु म त हिन्दु धर्म मान्छु । हिन्दु धर्ममा भएका कुसंस्कारकाे बिराेध गर्छु । दलित पनि मानव हुन । हामीलाई पनि समानता देउ कुकुर पुज्नेहरु भन्छु । अधिकारबाट भाग्नु भन्दा माग्ने हाे नदिए खाेस्ने हाे सकारात्मक तरिकाले भनी रहेका छाै ..? हामीले बनाईकाे मन्दिर र मुर्तिमा हामीले पनि पुजा अरु मानवले सरह गर्न पाउन पर्छ ।
दाइ -भाइ एउटा कुरा कान खाेलेर सुन …….?
यदि तिम्रो समाजमा जिउदाका जन्ति मर्दका मलामी भन्ने छिमेकी अझ हिन्दु छिमेकि तिम्रो घरमा भएकाे पुजा सहभागी भै समानता देखाउछन भने मान हिन्दु धर्म । यदि दलितका काेही मर्दा मलामी जान अाउछन भने मान हिन्दु धर्म । यदि तिम्रो घरमा छाेराकाे ब्रतबन्ध गर्दा उपल्लो जाति र दलित छिमेकीलाइ फरक भान्सा लगाउन पर्दैन भने मान हिन्दु धर्म …!
नत्र समाजमा तिमी मात्र हैन सिङ्गो दलितहरु पशुभन्दा तल गिरेर हिन्दु धर्मकाे पुजारी बन्नु कुनै अाैचित्य छैन ।
– माविका प्र.अ. र मेराे म्यासेजमा भएका कुराकानी अंश हो ….!

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads