Loading...
म मरेपछी


नकुल ढकाल

कविता

 म मरेपछी
चितामा जल्दै थिए ।
मेरो शरिरलाई आगोको मुस्लोले
कैद गरिसकेको थियो ।।
बिस्तारै शरीर डढ्दै गयो
शरीर खुम्चिदै गयो
म हेरेको हेरेइ भय ।।

कति संबेदनसिल थियो आँखा
सानो धुलो ले समेत तड्पाउथ्यो ।

कति प्रीय थिए शरिरका अङ्ग अङ्गहरु
बोइ र आमाले चिल्लो घसेका तिघ्रा पैताला र हात खुट्टाहरु ।।

दुनिया देखेको जानेको चिनेको आखाहरु
मलाइ जिबन्त साथ दिएका मेरा शरीर भित्रका पुर्जाहरु ।।

कहिलै धोका नदिने
सहि निर्णय गर्ने मेरो मस्तिष्क ।।

सिन्चाइको काम गरेका नशाहरु
कहिले उल्टो सुनाइनदिने कानहरु
शरिरलाइ सुन्दरताको रङ्ग भर्न उमृयका रौहरु ।।

भुरभुर जल्दै गर्दा
सबै सबैले गुहार मागिरहेका थिए ।
मलाइ बचाउ मलाइ बचाउ ।।


निरीह

हिजो अरु जलेको हेर्ने म
आज आफ्नै शरीर
आफ्नै अगाडी भर्भर जलिरहेको छ ।।

शरिरको ठोस पदार्थ
खरानी भयर जमिनमा खस्दै थियो ।
तरल पदार्थ धुवा र बाफ बनेर
आकाश तर्फ भागिरहेको थियो ।।।

मैले सोचे
अब के म अकाशमा गयर बादल बन्छु त
के मेरो भेट इन्द्र भगवान संग हुन्छ त ?

अनि के म फेरि पृथ्वीमा
बर्षा भएर झर्छु त ।

सोच्दै छु
म बर्षा बनेर झरेपछी
खोलानालामा मिसिने छु
अनि नहर र कुलोमा बग्ने छु ।।

कुलो हुँदै म किसानका खेतहरुमा
अनि मान्छेहरुको धाराहरुबाट बगिरहेको हुने छु ।
कतै म सिंचाइ त कतै तिर्खा प्यास मेट्ने साधन बन्ने छु ।।

यसरी मेरो जिन्दगिको दोश्रो अध्याय पनि
आफन्त कै शरीर मा बगेर पानी को जिबनी बाट समाप्त हुने छ।।।



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads