Loading...
विभेद विरुद्ध बिद्रोहको ज्वाला कहिले जलाउने


     कोमल गहतराज 
महिला अधिकारकर्मी


हजारौं वर्ष देखि हाम्रो देश समाजमा एक मानवलाई अर्को मानवले जात, संस्कार, धर्म ,सभ्यता र ब्यबस्थाका आधारमा बिबिध शारिरीक, मानसिक, आर्थिक, नैतिक, भौतिक,सामाजिक,राजनितिक,धार्मिक ,सास्कृतिक,
भौगोलिक,परिवेश र ब्यबहारबाट सामाजिक तथा कानुनी रुपबाट नै पिडित र प्रताडित बनाइ रहेको छ ।मनु स्मृतिको सभ्यताले मानिसलाई असहज बनाएको छ । सभ्यता र संस्कारको ब्यबस्थाले मानिसलाई कृतिम र मुर्ख बनाउने प्रयास गरिरहेको छ तर हामी त्यही मनु स्मृतिलाई सत्य सम्झी वास्तबिक जिवनमा घमण्ड र अहंकारले समाजमा जातिय बिभेद ,दुर्वयबहार,हिंसा , अपमान ,छिछि दुरदुर गर्छौ । त्यो पिडा ईस्लाम, हिन्दु,इसाई,बौद्द,गान्धी बाद,फासी बाद भिम बाद , साम्यबाद ,समाज बाद लगायत सम्पुर्ण राज्य तथा सामाजिक ब्यबस्था बाट अछुतो छैन र रहन सकेको छैन । न अछुतो रहना सक्ला , यी सबै पिडाहरुको एउटै जड हो सिद्धान्त अनुसार ब्यबहार नहुनु, श्रमको सम्मान नहुनु, मानवीय बिकास नहुनु हो जस्तो हो ।


आज मानिस मानिस बिच हत्या, हिंसा,बलत्कार,कलह, बिद्रोह, अपमान,लैङ्गिक तथा जातिय बिभेद तथा छुवाछुत जस्तो अमानबिय ब्यबहारले चरम सिमा नाघि सकेको छ । यो मुलुकमा दिनहु लैङ्गिक तथा जातिय बिभेदका घटनाहरु घटिरहेता पनि राज्य मुकदर्शक बनेर बसको छ । न्यायका लागि केहि पिडितहरुले आवाज उठाई रहेका छन् भने कयौ पिडितहरु न्यायलयको ढोका ढकढकाउन सकिरहेका छैनन् । जव अन्यायको बिरुद्ध न्यायका लागि आवाज उठाईन्छ ती आवाजहरुलाई साम दाम दण्ड भेद का आधारमा दमित गरिन्छ ।अन्यायमा परेकालाई सहयोग ,समर्थन,न्यायका लागि एकतामा एकेबद्धता भएको पाईदैन । यो या त्यो बहानमा फुटको खेती फस्टाएको छ आफुमा भएको घमण्ड, खुवी, ब्यक्तिगत स्वार्थमा लागेर आफ्ना जन्मदाता, दाजुभाई, दिदीबहिनी, छिमेकी,नातेदार,समुदाय तथा नेपाली नोपाली बिच हिंसा,काटमार,अन्याय–अत्यचार ,शोषण, दमन, बलत्कार, छुवाछुत तथा जातिय बिभेद र अमानबिय ब्यबहार आदि आदि दिनहुँ निर्धक्क बेसरम गरिरहन्छन् । न कुनै ग्लानी छ त न कुनै पश्चताप छ ती बिबेकशिलका नाममा आफु जस्तै मानिसलाई मानिस हुन नदिने पशुरुपी दानबिय मानवहरुलाई यो समाजले भौतिक बिकासका परिवर्तन र सुबिधा संपन्नतालाई मात्रै बिकाशको मुख्य प्रगति मानेर अहिले राज्य सत्ताले संगसगै समाजसेवीहरुले पनि बाटो घाटो पार्टी पौवा बनाउदै आइरहेको पाईन्छ, तर मानविय समवेदना र मानविय विकासलाई प्राथमिकतामा राखेके पाईदैन , कहिल्यै विकासको सुचीमा सुचिकृत गरिएको पाईदैन ।

बिश्व २१ औं शताब्दीको बिज्ञानमा बिश्वास गरी ठुला ठुला आचार्यरूपमा प्रगति गरीसकेका छन् तर हाम्रो देशमा बिज्ञानलाई चुनौती दिदै गलत परम्परा संस्कार लाई अगालेर जन्मका आधारमा ठुलो जात भएको गर्व् र घमण्ड ले भरिएरले श्रमजिवी वर्गलाई राज्यको हरेक सेवा सुबिधा बाट बन्चित गरि शत्तासिन भएका छन् भने श्रमजिवी वर्ग भने आफ्नो श्रमलाई राज्यले पाखा पारिदिएका कारण हिनता सम्झी आफुलाई राज्यको मुलधारमा ल्याउन र सम्मान सहितको पहिचान का लागि संघर्षरत छन् । तर त्यो सर्घष अपुरो छ ।
शिक्षाले सभ्यताको निमार्ण गर्छ तर बिडम्बना भनौ या के देशमा ८७ प्रतिशत मानिसले,चेतना, अनुशासन र कर्तब्यलाई संस्कारको खोलले ढपक्कै ढाकेर मनु स्मृतिमा भएको बर्ण ब्यबस्था , जन्म र धर्म संस्कारका आधारमा १३ प्रतिशत मानिसलाई मानिस हुनबाट बर्जित गरी वास्तविक व्यबहारमा पशु भन्दा पनि निच रुपमा जातिय बिभेद गरिरहेका छन् ।

यहाँ मानिसहरु धर्म र संस्कारका नाममा आफुलाई सभ्य ब्यक्तिका रुपमा आफ्नो सह अस्तित्व बचाई राख्न ढुङ्गा तथा मुर्ति पुजा गरी पाप लुकाउन सफल भएका छन् त्यो कु–नियतलाई राज्यका हरेक अंग निकायले साथ समर्थन दिईरहेका छन् तिनै श्रमजिवीका हातबाट बनाइएका धारा मन्दिर घरहरुमा प्रवेष मा रोक लगाई मान्छेले मान्छेलाई छुन नहुने र छोईएमा सुनपानिले छर्केर दण्ड, सजाय ,जरिवाना,ह त्या,कुटपिट,मलमुत्र खुवाउने, कालोमोसो लगाउने , गरिएको छ ।
आजको युगमा मानिस कुनै जात,धर्म,संस्कारको आधार शोषित दमित अपमानित र दुब्र्यबहार भएर बाच्न चाहदैन केबल विशुद्ध मानब भएर बाच्न चाहन्छ । सम्मान साथ सहज रुपमा बाच्न पाउने वातावरण चाहेको छ ।


मानिसलाई अनुशासनमा बाध्ने आफैले हो ।कुनै दण्ड सजाय जरिवाना ती पिपासु बिभेदी मानसिकता भएका मानिसलाई दिनु पर्ने हो तर यहाँ त पिडितलाई नै उल्टै दण्ड सजाय दिलाइन्छ । किन आजको कानुन र संस्कारले समाजमा कोहि दलित, कोहि जनजाति,कोहि मधेसी,कोहि बाहुन ,कोहि क्षेत्री,कोहि हिन्दु,कोहि मुस्लिम,कोहि बौद्ध,कोहि ईसाई आदि आदिका नाममा भाग अंश लगाई दिएको छ ।
एउटा ब्यक्तिले मनुस्मृतिमा उल्लेख जन्म र जातका नाममा काधमा चढेर समाजमा अहंकारको बन्दुक पत्काउदै अर्को जात का ब्यक्तिलाई सभ्यता र संस्कारका आढमा निर्दोष १३ प्रतिशत समुदायका मानिसलाई चोट ,घाउ ,पिडा ,दाग लगाएछन् ।

फेरि न्यायलयमा बाधक बन्छन् । 

पाँचहजार बर्ष पुरानो मनु स्मृतिका आधारमा समाजमा
पनि मानिस शरिरका बिभिन्न भागबाट जन्म लिएको कपोकल्पित भ्रमलाई मानसपटलमा राखि मानिसले जातिय बिभेद तथा छुवाछुत गरिरहेका छन् । कानुनले पनि स्विकार गरिदिएको छ । अब राज्यले पाखा पारिएका ६० लाख जनसमुदाय एकता हुनु पर्छ, मान्छे भएर सम्मान रुपमा बाच्न पाउने आन्दोलन गर्न जरुरी छ । समय बद्लियो। प्रवेश बद्लियो तर यो देशमा शासन गर्ने गराउने सामान्ति, भष्ट्रचारी,बलत्कारी,शोषक र मनु स्मृतिमा आफुलाई सर्वप्राणी ठानी बिभेद र अन्याय गर्ने गराउने सम्पुर्णका मन ,मस्तिष्क,आनी ,बानी,र ब्यबहार कहिल्यै बद्लिएनन् र बदल्न चाहेनन् । मानव मानव बिच विभेद गर्ने जो कोहिलाई पनि सर्वस्व सहित जन्मकैद गरिनु पर्छ । मनु स्मृति बेद पुराण लगायत सम्पुर्ण बिभेदकारी कानुनहरु बर्जित गरि समतामुलक सभ्य समाजको निमार्ण गरिनु पर्छ । सम्पुर्ण नेपालीहरु मिलेर यो देशमा भएको मानवीय कंलकको रुपमा भएको जातिय बिभेद र उत्पिडनलार्ई जरै देखि उखेलेर फ्याक्नु नै समयको माग हो ।


Email: komalgyan6@gmail.com


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads