Loading...
कांग्रेसले किन बोलायो केन्द्रीय समिति बैठक बालुवाटारमा

Click to Load Image
काठमाडौं–नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विश्लेषण र आगामी मंसिर ५ र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बनेको लोकतान्त्रिक गठबन्धनबारे छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ । 
कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठकमा सहभागि हुन सवै केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई खवर गरिसकिएको जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने जनाइएको छ । 
गत मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल र चुनावपछि पार्टी एकीकरण गर्ने सहमति गरेको २४ घण्टा नवित्दै कांग्रेसको नेतृत्वमा ६ दलीय लोकतान्त्रिक गठबन्धन बनेको छ । गठबन्धनले आगामी निर्वाचनका लागि कुन जिल्लामा कुन पार्टीलाई टिकट दिने भनेर सात सदस्यीय कार्यदल बनाइएको छ । जसमा कांग्रेसबाट २ जना र बाँकी, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, फोरम नेपाल र फोरमलोकतान्त्रिकका एकएक जना रहने भएका छन् । कार्यदलमा को को रहने भन्नेमा दलहरुले आज बिहान आठ बजेभित्र नामावली बुझाउने भने पनि अधिकांश दलहरुले ११ बजेसम्म पनि नामावली नबुझाएकाले कार्यदलको बिहनै नौ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न नसकेको बालुवाटार  श्रोतले बताएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads