Loading...
विजय गच्छदार कांग्रेससँग पार्टी एकताको तयारी

२९ असोज, काठमाडौं । नेपाली कांग्रेससँग पार्टी एकता हुन नसकेको भन्दै समानुपातिक सूची बुझाउन निर्वाचन आयोगमा पुगेको फोरम लोकतान्त्रिकका नेताहरु फेरि बालुवाटारमा भेला भएका छन् ।

अन्ततः पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसबाट विद्रोह गरेर फोरममा लागेका नेपाली कांग्रेसका पूर्वनेता विजयकुमार गच्छदार १० वर्षपछि आफ्नै मातृ पार्टीमा र्फकन सहमत भएका छन् ।
एमाले र माओवादीवीचको वाम तालमेलका कारण उत्पन्न दबावपछि कांग्रेस र लोकतान्त्रिक फोरम आपसमा मिल्न लागेका हुन् ।
निर्वाचन सम्पन्न भएपछि लोकतान्त्रिकका नेता गच्छदारलाई कांग्रेसको महत्वपूर्ण पदमा ल्याउने भद्र सहमति भएपछि आजै साँझ बालुवाटारबाट फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसवीच पार्टी एकताको घोषणा हुन लागेको छ ।
आज निर्वाचन आयोगमा बुझाइने समानुपातिकको सूचीमा दलहरुले हेरफेर गर्न आयोगबाट समय पाउने भएकाले केही दिनभित्र त्यसलाई मिलाउने गरी कांग्रेस र लोकतान्त्रिक फोरमवीच पार्टी एकताको घोषणा हुन लागेको हो ।
पार्टी एकताको सहमतिपत्रमा बेलुका ५ बजे नै हस्ताक्षर गर्ने भनिए पनि उम्मदेवारको सूची मिलाउने क्रममा ढिलाइ भएको कांग्रेसका एक नेताले बताए ।
Source: onlinekhabar

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads