Loading...
तारे होटेलमा चहलपहलः एनआरएन चुनाव आज

Click to Load Image
एनआरएनए विश्व सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार आठ सय ४० गैरआवासीय नेपालीले सोमबार आगामी दुई वर्षका लागि नयाँ नेतृत्वको चुनाव गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए को राष्ट्रिय समन्वय समितिबाट छानिएकामध्ये उक्त संख्याका प्रतिनिधिले रजिस्ट्रेसन गरेपछि मतदाता टुंगो लागेको हो।
एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउ“छन्।

हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ।

एनआरएनएको अध्यक्ष पदमा भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी घोषणा गरे पनि जमुना गुरुङले यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गरेकी छैनन्।

उम्मेदवारी दर्ताको समय सोमबार बिहान ८ बजेसम्म छ। अध्यक्षमा टीबी कार्कीले पनि उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन्। उनले उम्मेदवारी दिए पनि भट्ट र गुरुङबीच द्विपक्षीय प्रतिस्पर्धा हुने विश्वास गरिएको छ।

होटलको अकुपेन्सीमा ५–१० प्रतिशतसम्म एनआरएन प्रतिधिकिो बुकिङ छ ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads