Loading...
युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चियाको माग

Click to Load Image
इलाम - भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् ।
युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै पुगेर आउँदो बर्षका लागिसिमेत तयारी चिया बुक गरेका छन् । आजको नागरिकमा खबर छ ।
विश्वमै प्रख्यात दार्जिलिङको चिया खरिद गर्न नसकेपछि यो बर्ष पनि उताका व्यवसायीले नेपालमा उत्पादित उच्च गुणस्तरको अर्गानिक चिया खरिद गरेका थिए ।
चिया टिपाई मैजारो हुन लाग्दा जर्मनीको टी स्वेड्नर कम्पनीबाट आएका १० व्यापारीको टोली करिब तीन साता नेपालका अर्गानिक चिया उद्योग चाहारेरर शनिबार फर्केका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads