Loading...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै चुनाव लड्ने

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै चुनाव लड्ने भएका छन् ।
‘प्रचण्डले चितवन–३ छोडेको र अब बर्दियाबाट चुनाव लड्ने’ भनेर विभिन्न डिजिटल मिडियामा समाचार सार्वजनिक भइरहेका बेला प्रचण्डको सचिवालयले उक्त समाचारको खण्डन गर्दै ‘सुनियोजित प्रचार’ भनेको छ ।
प्रचण्डको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्डका बारेमा दुष्प्रचार फिजाइएको छ । चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन भएको छैन ।’
प्रचण्डले यसअघि स्थानीय चुनावताका नै आफू प्रतिनिधिसभामा चितवनबाट चुनाव लड्ने बताएका थिए । पछिल्लो समय एमाले–माओवादीबीचको गठबन्धन बनेपछि उनी साझा उम्मेदवार बन्ने तयारी छ । माओवादी केन्द्रले चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको छ ।
तर, सो क्षेत्रमा कांग्रेस र राप्रपाले तालमेल गरेपछि प्रचण्ड बर्दिया रोज्न थालेको समाचार सार्वजनिक भइरहँदा प्रचण्डको सचिवालयले अभिव्यक्ति आएको होे ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads