Loading...
काँग्रेस र माओवादीवीचको सम्बन्ध तनावपूर्ण

Click to Load Image

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार गरेपछि चुनावको मुखमा राजनीति फेरि पेचिलो बनेको छ । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु बर्खास्त गर्नेसम्मका समाचारहरु प्रकाशमा आईरहेका बेला मन्त्रीपरिषद् विस्तार भएको हो । यसले काँग्रेस र माओवादीवीचको सम्बन्ध तनावपूर्ण हुन सक्ने देखिएको छ । यद्यपी असोज २७ गते एमाले र माओवादीले चुनावका लागि बामगठन्बन बनाएपछि काँग्रेस माओवादीसँग रुष्ट भएको थियो । 
देउवाले राप्रपा अध्यक्ष कमल थापलाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको सख्याँ ६४ पुगेको  छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो । 
प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तार गरेपछि अव माओवादीले के गर्छ ? सवैको ध्यान यो प्रश्नमाथि गएको छ । अव माअ‍ोवादीसँग सीमित विकल्प छन्, जस्तो कि राजीनामा गरेर सरकार छाड्ने, प्रधानमन्त्रीले लिनसक्ने एक्सनका लागि तयार भएर बस्ने वा चुनावको सुनिश्चता नभएसम्म सरकारमै बसिररहने । कुन विकल्पमा माओवादी जान्छ भन्ने अन्तिम निर्णय भएको छैन् । यहीँ विषयमा छलफल गर्न माओवादीले आज वैठक बोलाएको छ । 
वैठक अहिले माओवादी मुख्यालय पेरिसडाँडामा शुरु भएको छ । वैठकले अवको कदम के हुन्छ भन्ने विषयमा निर्णय लिने माओवादीका एक नेताले बताए । वैठकमा पार्टीका शीर्ष नेताहरु सहभागी छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads