Loading...
अध्यक्ष प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउछौ : तिमिल्सिना


चितवन । राप्रपा प्रजातान्त्रिकबाट माओवादी केन्द्रमा प्रवेश गरेका बद्री तिमिल्सिनाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट २० हजार मत अन्तरले जिताएर देखाउने दाबी गरेका छन् ।
आइतबार चितवनको चनौलीमा आयोजित चुनावी सभामा बोल्दै तिमिल्सिनाले आफू माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको समेत बताए । प्रचण्डले जिते मात्रै चितवनको मुहार फेरिने भन्दै उनले ठेकेदारले चितवनको विकास गर्छ भन्ने कल्पना नगर्न आग्रह गरे । ‘हिजोसम्म म राप्रपामा थिएँ, अघिल्लोपटक बिक्रम पाण्डेलाई जिताएँ’, उनले भने, ‘यसपटक प्रचण्डलाई जिताएर चितवनको मुहार फेरिएको हेर्न चाहन्छु।’
कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले कम्युनिष्टहरुको एउटै केन्द्र बनाउने आफ्नो अधुरो सपना ओली र प्रचण्डले पूरा गर्न लागेकाले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads