Loading...
विप्लवको हल्लैहल्लाको बन्दले डराए सर्वसाधारण

  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको हल्लैहल्लाबीच काठमाण्डु उपत्यका ठप्प भएको छ ।

बन्द हल्लाका कारण राधजानीका तीनवटै जिल्लामा यातायात, शिक्षण संस्था र बजार बन्द छन् । बिहानैदेखि सडकमा फाट्टफुट्ट मात्रामा मोटरसाइकल तथा निजी सवारी साधन मात्र चलेका छन् ।
सवारी नचल्दा गन्तव्यमा पुग्न यात्रुलाई सास्ती भएको छ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बाक्लो सुरक्षा तैनाथी गरिएको छ ।

मंसिर १० र २१ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने घोषणा गरेको विप्लव समूहले मुलुकका विभिन्न स्थानमा उम्मेदवार लक्षित बम आक्रमण गर्दै आएको छ ।
यद्यपि आज भने बन्द नगरिएको सो पार्टीले स्पष्ट गरिसकेको छ । तर, पनि हल्लैहल्लामा बन्द भएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads