Loading...
दैलेखमा राष्ट्रिय द- लिड सशक्त युवा समूह गठन



तिलक बि.सि दैलेख / सधैं लडियाे अरुका लागि अब लडाै अाफु र अाफ्नाे समुदायको लागि भन्ने मुल नारा सहित समाजका विद्यमान हत्या हिंसा वलात्कार छुवाछूत विभेद बिकृति र संकुचित सोचलाई चिराफारा गरी स्थानीय समुदायमा आर्थिक, समाजिक, सांस्कृतिक एबं शैक्षिक परिवर्तन ल्याउन समुदायमै उपलब्ध स्रोत,साधन र जनशक्तिको क्षमता पहिचान गरी समुचित संरक्षण, परिचालन र विकास गर्न व्यवहारिक एबं वैज्ञानिक सिकाईको अवलम्बन गरी समुदायमा उत्पादन प्रणालीको पुरातनवादी सोचमा आधारित संस्कृतिको वस्तुनिष्ठ दृष्टिकोणमा स्थायी परिवर्तन ल्याई सभ्य र समतामुलक समाज निर्माण का लागि उत्तरदायी र जिम्मेवार जनशक्ति ठउत्पादन गराउदै ।

आम समुदायको जीवन पद्दतीलाई सकारात्मक परिवर्तन र जागरुक गर्नका लागी दृढता पुर्वक संगठित भई कार्य गर्न संगठित एकताको आवश्यकता भएकोले आज मिति २०७४ कात्तिक १५ गते "राष्ट्रिय द-लिड सशक्त युवा समूह नेपाल"को संगठन बिस्तार का क्रममा दैलेख जिल्ला ईन्चार्ज प्रदिप कुमार माकुनेकाे अध्यक्षतामा वसेकाे भेलाले राम नेपाली काे अध्यक्षतामा १५ सदस्यीय तदर्थ कमिटी गठन गरियाे । कार्यक्रम संचालन पदम वहादुर नेपाली ले गर्नु भएको थियाे।

साथै भाेजपुरमा वालिका माथि घटेको घटनाको वारेमा सरकारले पिडकलाई सर्वश्व सहित जन्मकैद गरि वालिकाकाे सुरक्षा र स्वास्थ उपचार निशुल्क गरि यस्तो खालका हिंस्रक घटना नदाेरिन का लागि नया कार्यनिति ल्याई कार्यन्वयन गरिनु पर्दछ भन्दै घटनाको घाेर भर्सना गर्दछौं ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads