Loading...
काङ्ग्रेसको गल्तीका कारण सिंगो गाउँबाट एक भोट पनि आएन

सोलुखुम्बुका तिङ्लाका स्थानीयले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। स्थानीय निर्वाचनमा जस्तै यो वडाबाट एक मत पनि परेन। स्थानीय तह पुनर्संरचनामा आफूहरूमाथि अन्याय भएको भन्दै करिब पाँच हजार जनसंख्या भएको यो गाउँ आन्दोलित छ।
सोलुको नेचासल्यान गाउँपालिका–६ बनेको यो गाउँ पहिले सिंगै गाविस थियो। स्थानीय तह पुनर्संरचनाका क्रममा कांग्रेसबाहेकका दलले तिङ्लालाई सदरमुकाम रहेको सोलु–दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए। र, त्यसैअनुसार सिफारिस भएको थियो, तर कांग्रेसले त्यसमा सहमति जनाएन।
स्थानीय तह पुनर्संरचना आयोगले पनि कांग्रेसको मागअनुसार नेचासल्यानतिरै राख्यो। त्यसपछि असन्तुष्ट बनेका स्थानीयले ३१ वैशाखको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए। तिङ्ला गाउँबाट सदरमुकाम झन्डै आधा घन्टाको दूरीमा रहेको छ।
तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ–दुई घन्टाको दूरीमा छ। त्यसैले यो मागमा गाउँवासी सबै एक छन्। माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय स्थानीयले गरेका हुन्।
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads