Loading...
छैठौं म्याग्दी महोत्सवको तयारी सुरु

 

प्रताप बानिया/रुप्से दैनिक
छैठौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७४ को सरदमुकाम बेनीमा तयारी सुरु भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको तयारीलाई अगाडि बढाइएको हो । 
संघको आयोजनामा बुधबार पत्रकार सम्मेलन आयोजना गरी आगामी पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने छैठौं म्याग्दी महोत्सवको बारेमा जानकारी गराइएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको मूल संयोजकत्वमा ३६ ओटा विभिन्न उपसमितिहरु गठन गरिएको संघले जनाएको छ । यसैगरी १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक पर्यटक भिœयाउने लक्ष्य राखिएको छ भने करिब ६ करोड बराबरको कारोबार हुन अनुमान गरिएको संघका अध्यक्ष कर्माचार्यले बताए । उनका अनुसार महोत्सवमा ८३ लाख १३ हजार आम्दानी, ७३ लाख ११ हजार खर्च र १० लाख दुईहजार रुपैयाँ बचत हुने जनाइएको छ । 
त्यस्तै महोत्सव अवधिभरमा म्याग्दी जिल्लामा रहेको पर्यटकीय एवं धार्मिकस्थलहरुको वृत्तचित्र तयार गरी प्रर्दशन गरिने र फोटो प्रर्दशनी समेत गरिने उनले जानकारी दिएका छन् । महोत्सवमा विभिन्न १८० ओटा व्यापारीक स्टलहरु रहने छन्भने महोत्सवमा मुख्य प्रायोजकका लागि तीनलाख रुपैयाँ आर्थिक सहयोग तोकिएको छ । त्यसैगरी प्रायोजकलाई दुईलाख, सह–प्रायोजकलाई एकलाख, व्यानर प्रायोजन गर्नेलाई ४० हजारदेखि १० हजार रुपैयाँसम्म रकम तोकिएको अध्यक्ष कर्माचार्यको भनाई छ । 
यसैबीच महोत्सव अवलोकनका लागि ५० रुपैयाँको पट्के टिकट तोकिएको छ भने त्यसबाट प्राप्त हुने आम्दानी प्रति टिकट पाँच रुपैयाँका दरले जिल्लास्थित विभिन्न संघसंस्थालाई सहयोग गरिने बताइएको छ । सिसिटिभी क्यामेरा व्यवस्थापन उपभोक्ता समितिलाई प्रति टिकट दुई रुपैयाँ, कालीपुल बसपार्क सरसफाई व्यवस्थापनका लागि एक रुपैयाँ ५० पैसा, नेपाल पत्रकार महासंघ, बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र अपाङ्ग संघ म्याग्दीलाई क्रमशः ५० पैसाका दरले रकम सहयोग गरिने संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए । 
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य स‌ंघका पदाधिकारीहरु । तस्बीर : प्रताप बानियाँ
उक्त महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर तथा गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्य, लठो, छेलो, अन्धनिशान, जातजातिको झाँकी एवं भेषभूषा प्रर्दशनी गरिने उनले जानकारी दिएका छन् । त्यस्तैगरी लाईभ लोकदोहोरीगीत कार्यक्रम, कालीगण्डकी नदीमा ¥याफ्टिङ, बालउद्यान, चिडियाघर, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रस्तुतीलगायत रहेको छ । महोत्सवमा रमाइलो मेला पनि रहेको छ । 
म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ मुख्य आयोजक रहेको महोत्सवको जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरि गाउँपालिका आयोजकका रुपमा रहेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समिति कोष त्रिपुरेश्वर सहयोगी संस्था रहेका छन् । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौं पबद्र्धक रहेको छ । 
पत्रकार सम्मेलनमा संघका निर्वतमान अध्यक्ष जीवनबहादुर विश्वकर्माले महोत्सवमा धौलागिरि अञ्चलका साथै ४ नं प्रदेशका जिल्लाहरूको उत्पादन र सहभागिता गराइने बताए । महोत्सवमा जिल्लाभित्र सम्भावना रहेका जलविद्युत आयोजनाका बारेमा समेत जानकारी गराउँदै लगानी भिœयााउन समेत पहल गरिने उनले बताए । पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेश शाक्य लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन महासचिव लिलाराम गौतमले गरेका थिए । यसअघि म्याग्दी उद्योग वाणिज्य संघले २०६०, २०६३, २०६५, २०६८ र २०७१ सालमा म्याग्दी महोत्सव आयोजना गरेको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads