Loading...
म्याग्दीमा उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोट

सन्तोष गौतम /बेनी
म्याग्दी ८ मंसिर  ।bombम्याग्दीमा बाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका ३ तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो ।
बेनपा २ भकुण्डेबाट भकिम्लीतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताउनुभयो । दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उमेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।
विस्फोटबाट कुनै क्षत्ती भने भएको छैन् । बिस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।
सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads