Loading...
छोराको निधनपछि नेता–कार्यकर्तालाई प्रचण्डले यस्तो निर्देशन दिए

काठमाडौं । प्रकाश दाहालको निधनको खब पाएपछि निर्वाचनका कार्यक्रमहरु स्थगित गरेर नेताह राजधानी आएपछि माओवादी अध्यक्ष प्रचण्डले चुनवी आफ्ना नेता–कार्यकर्तालाई नरोक्न निर्देशन दिएका छन् ।
निर्वाचनका सबै कार्यक्रमहरु सुचारु राख्न प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । चुनाव नजिकै आइसकेको भन्दै पार्टीको गतिबिधि रोक्न नहुने पक्षमा प्रचण्ड रहेको माओवादी प्रबक्ता पम्फा भुसालले खबरडबलीलाई बताइन् । ‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन्,’ उनले भनिन् ‘अध्यक्ष कामरेड प्रचण्डले निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।’
आज बिहान निधन भएका प्रकाशको शवलाई अपरान्ह ४ बजे पशुपतिमा अन्त्येष्टि गरिने माओवादीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads