Loading...
वाम गठबन्धन संगै देशमा राजनैतिक निकाश


प्रेम लामा


हाम्रो देश नेपालमा आन्दोलनहरु चरणबद्ध रुपमा नेपाली समाज भित्र रहेको असमानताको बिरुद्ध बामपंथीहरुले डटेर सामाना गरेको ईतिहास हामी सामु सर्बबिधित नै छ । देश र जनताको मुक्तिको निम्ति भनेर गरिएको आन्दोलनले सार्थक निष्कर्षमा पुग्न अझै केही यात्राहरु बाकि नै छ तर बामपंथी आन्दोलनको कार्यदिशा कोरी सकेको छ ।

विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालको भुमिमा परीभाषित गर्दै नेपालकै मौलिकतामा नेपालको कम्युनिष्ट आन्दोलन , रक्षा र बिकाश गर्न स्थापना काल देखि नै जुझारु युवा नेतृत्वहरुको उत्पादन गर्न सफल भएको छ । करिब ६०% नेपाली भु-भाग बामपंथी बिचारलाई असाध्य माया गर्ने जनताको अपार समर्थन छ ।

"फुट गर अनि राज चलाउ" भन्ने उक्ति नेपाल भित्र प्रयोग गरे बिगत देखि बर्तमान सम्म प्रतिक्रियावादी सामन्ती राज्य ब्यबस्थात्मक सताले निमुखा सर्बहारा बर्गमाथी चरम शोषण गर्दै बिस्तारबाद र साम्राज्यवादको इशारामा नेपाली जनतामाथि लगातार शाशण चलाए त्यसको अन्त्य जनयुद्ध र विभिन्न प्रकारको बामपंथी जन आन्दोलनले नकार्दै आएको तथ्य तपाइहामी बिच सर्बबिधित नै छ ।

पछिल्लो चरणमा खास गरीकन मालेमाबादी सिद्धान्त बोकेका दुई ठुला पार्टिको एकताको पहिलो आधार बाम गठबन्धनले के स्पस्ट पारेको छ भने अब प्रतिकृयाबादी , सामन्तबाद , बिस्तारबाद र साम्राज्यबादको मेशिन बाट उत्पादन गरेको लालिपपलाई बामपंथी नेतृत्वले अस्विकार गरेको छ । यसको मतलब अहिले नेतृत्व पंक्ति जनउतरदायी बनेकै हो भन्न कुनै शंका छैन । दुई ठुला दलका नेताहरुले त्यस्ता तत्वहरुलाई माओ आफैले क्रान्तिको भट्टिमा उत्पादन गरेको बैचारीक हतियारले ती लालिपप बनाउने मेशिनलाई ध्वस्त पारीदिएको छ ।" हजार पटक नापेर एक पटक काट " त्यति पटक नाप्न नेपालका बामपंथी शिर्ष नेतृत्वहरुलाई करीब- करीब ६२ बर्ष नाप्नु पर्यो ।

मुख्यत : बिचार निर्माणको बिषय बस्तु प्रधान हुन । बैचारिक रुपमा स्पष्ट भयो भने अरु साहायक नै हुन । ६० बर्ष सम्म निरन्तर रुपमा पार्टी र बर्गको रक्षार्थको निम्ति आवाज उठाउदै आएका शिर्ष नेतृत्वहरुले राजनैतिक रणनिती र कार्यदिशाहरु अलग अलग बनाय तर पुग्ने लक्ष्य भने एउटै थियो जनबाद, समाजबाद हुँदै साम्यबादको परीकल्पना गर्दै स्थापित भएको आन्दोलनले बहसको सिर्जना गरिदै संचालन गरेको शान्तीपुर्ण आन्दोलन र शसस्त्र दस बर्षको जनयुद्ध नै सामन्तबादलाइ ढाल्ने आन्दोलनको आधार हो ।

नेपालको बामपंथी आन्दोलनको सन्दर्भमा नेतृत्वहरुले सम्हालेका आन्दोलन लक्ष्य प्राप्त नहुदै स्थगित गर्नु परेकोमा जनता अनि आन्दोलन संग जोडिएका कार्यकर्ताहरु निराश भएका हामिले देखिरहेका पाउदछौ तर बिश्वब्यापी कम्युनिष्ट आन्दोलन रक्षात्मक दिशामा जानू परेको सन्दर्भ बारे कार्यकर्ता र जनताहरु त्यति प्रशिक्षित नभएकै कारण जुन जोगि आए पनि कानै चिरेको भन्ने उखानलाई बयान गर्ने गर्दछ ।

हामि आम कार्यकर्ताहरु सबै नेतृत्वले गर्छ हाम्रो काम र कर्तब्य भनेको नेतृत्वले कासन र भाषण दिएको भरमा ढुङ्गा मुढा मात्रै गर्ने जिम्मेवारी ठान्दछौ । अरुबेला जे गर्छ नेताले गर्छ भन्ने हाम्रो मानसिकता भएको हुदा हामी बामपंथी आन्दोलनलाइ उचाइमा उठाउने कार्यकर्ताहरु पटक पटक निराश हुने गर्दछौ यो शिर्ष नेतृत्वको मात्रै कमजोरी हैन हामी कार्यकर्ता र कार्यकर्ता संग जोडियर बसेको शुभचिन्तक एबं उत्पिडित जनताहरुको पनि कमिकमजोरी हो भन्ने तथ्य कहिले पनि बुझ्न सकिएन ।

मालेमाबादी सिद्धान्तले भनेका छन । सरकार गौण हो राज्यसता प्रमुख हो भनेर अहिले सम्म बामपंथी नेतृत्वमा जति पनि सरकार बन्यो नेपालमा ती सब सरकार मात्रै हो भन्ने हामिले बुझ्न सकियन । सरकार नै राज्यसता हो भन्ने एकतर्फी ढंगको बुझाइले गर्दा कम्युनिस्ट ब्यबस्थामा पनि त्यस्तै रहेछ भन्ने भ्रममा हामी कार्यकर्ता र सम्पुर्ण जनतामा भ्रम पर्न गएको प्रमुख कारण हो ।

अहिले नेपालमा बामपंथी आन्दोलन बाट खारीयर आएका सक्षम नेतृत्वहरु छन । खारीयर पनि असक्षम नेतृत्वहरु पनि छन । पछिल्लो चरणको बिकसित राजनैतिक बिकास क्रमलाइ हेर्ने हो भने हामी स्पष्ट रुपमा दुई कितामा बिभाजित भै सकेको छ । बामपंथीहरुको गठबन्धनमा बाधेका लोकतन्त्रबादी र सामन्तबाद साम्राज्यबाद ,बिस्तारबाद परस्त लोकतन्त्रबादी मात्र दुई कितामा छन अब कुन दुइकितामा उभिएका धार मध्ये कुन कितामा उभिने भन्ने फैसला जनताले गर्ने दिन नजिकिदै छ ।

आफ्नो भाबी पुस्ताका सन्ततिको लागि उभिने या जिन्दगी यस्तै हो भन्दै भाबी सन्ततिको भबिश्य सुनिश्चित नगर्ने एक भोट बराबरी नोट दिने खसी बाख्रा झै किनबेचमा बिक्री भै रहने ? चुनाबको बेलामा रक्सी र भैंसी अनि बाख्राको मासु लुछेर आफ्नो भबिश्य र सन्ततिको भबिश्य समेत अन्धकार बनाउने भन्ने मानसिकतामा स्पष्ट हुन जरुरी छ ।

बैधानिक रुपमा जनताको निर्णायक भुमिका त्यो बेला आउँछ लोकतान्त्रिक पद्धति मार्फत आफ्नो भबिश्य सुनिस्चित गर्नु पर्ने बेलामा पहाडका कुना कन्दहरामा बस्ने उत्पिडित जनताहरु जो बर्षौ देखि त्यही दलले संचालन गर्दै आएको ब्यबस्था बाट उत्पिडित हुँदै आएका छन त्यही दलको पिछलग्गु हुँदै झण्डा समाउदै नारा र जुलुसका साथ भोट माग्दै हिडेको देख्दा उसको मानसिकता र बैचारीक माथी दया र माया लागेर आउँछ ।

कम्युनिष्ट शासन र पद्धति एउटा अनुशाशन हो । यसले बिस्तारबादि र साम्राज्यबादी पुजिबादी अधिनायकत्व लाई समाप्त पार्दै राश्ट्रीय पुजिको बिकास गर्दै देशलाई समुन्नतिको बिकाश तर्फ लैजादै युवाहरुलाई आफ्नै स्वदेशमा शिक्षा स्वास्थ रोजगार , गाँस, बास ,कपासको ब्यबस्थापन गर्दछ । देश भित्रै औधोगिक कलकारखाना को ब्यबस्था गर्दै जनता आफै मालिक बन्ने दिनको सिर्जनात्मक ढंगले आफ्नै मौलिकतामा आत्मानिर्भर बनाइ दिने राज्यब्यबस्था संचालन गर्ने गर्दछ भने लोकतन्त्र र प्रजातन्त्रको दुहाइ दिदै जनताको परिश्रम लुट्न चाहनेहरु सामन्तबाद ,साम्राज्यबाद र बिस्तारबादको शरणको छायामा बस्ने गर्दछ । यसले हामी नेपाली जनतालाई भ्रमको खेती छर्दै लुट्ने काम मात्रै गर्दछ । धेरै टाढा नजाउ केशब स्थापितको खै बाख्रा ? खै कुरिलो ? अब हिसाब किताब गरौ भन्ने भिडियो हेरे पुग्छ ।

नेपालमा राज्यको संरचना पुर्ण रुपमा बदलीदै छ । स्थानिय निर्बाचनको बेला वडापालिका गाउपालिका र नगरपालिकाको निर्बाचन सम्पन्न गर्दै सिहदरबार गाउँ गाउमा भन्ने नाराका साथ सु सम्पन्न भयो । यहाहरुलाइ सर्बबिधित नै छ प्रादेशिक सरकार र प्रतिनिधि सरकार र स्थानिय सरकार बन्नु अगाडि नै बजेट प्रस्तुत भै सकेको छ । अब जनताको घर आगनमा आइसक्यो सिहदरबार प्रदेस सभा र प्रतिनिधि सभाको निर्बाचन पस्चायत नेपालले स्थायी सरकार पाउनेछ र त्यस सरकार मार्फत बिकाशका ढोकाहरु खुल्नेछन । बिकाशको ढोका खुल्ने भनेकै किसान मजदुरबर्गले आफ्नो ठाउँ आफै बनाउने हो । आफ्नो भाग्य आफै बनाउने हो । कसैको गुलामी र दासी जीवन जिउनु पर्दैन हामी स्वाभिमानी नेपाली बनेर हाम्रो सार्बभौम सतामा हामी रमाउने छौ । सास बोकेर परदेश जाने लास बनेर रातो बाकसमा फर्किने दिनको अन्त्य गरौ ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचनमा बिदेशियका नेपालि युवाहरुको माया र ममता छ भने बामगठबन्धनलाई दुई तिहाइ तिहाइले बिजयी गराउ । राज्यको सिस्टमले समानुपातिक निर्बाचन प्रणालिमा हामिले भोट गर्न पाउने अधिकारको शुनिस्चितता राज्यले गर्नु पर्ने हो बिड्म्बना र दुर्भाग्य पुर्ण छ । कति निरीह र कमजोर छ हाम्रो राज्य संचालकहरु हामी युवाहरुले पठाएको रेमिटेन्समा हाली मुहाली गर्छ तर हामी युवाहरुको मतदान गर्ने अधिकार बारे नतमस्तक छन । मौन छन । यदि बिदेशियका युवाहरुले मतदान गर्न पाउने अधिकारको समानुपातिक निर्बाचन प्रणालिमा अधिकार शुनिस्चितता गरि दिएको भए हामी निर्धक्क ढंगले नेपालको राज्य सता जनताप्रती सचेत र समर्पित छ भन्ने लाग्थ्यो तर अब त्यो रहेन ५ बर्ष सम्मको लागि हामी बन्चित भयौ राज्यले बन्चित गरीदियो । फेरि पनि हामी यो माहोलमा परदेशमा श्रम बेच्न गएको आम नेपाली श्रमजिबि मजदुरहरु बन्चित हुन नपरोस् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads