Loading...
झण्डै ५० करोड ठग्ने दम्पती जेल चलान


इरुप्से डट कम – पोखरा-लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले जेल चलान गरेको छ । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई पोखरा लेखनाथ महानगरपालिका–१४ बस्ने देवकुमारी भुजेल थापा र उनको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने दण्डपाणि शर्मा १५ लाख रुपैयाँ धरौटी बुझाइ छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । 

उनीहरुले आफन्त र चिनेजानेका व्यक्तिसँग ठूलो रकम संकलन गरी गएको भदौ १४ गते आफ्नो घरजग्गासमेत बिक्री गरी पोखराबाट फरार भएका थिए । 

प्रहरीले गएको असोज १९ गते काठमाडौंमा लुकीछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको थियो । उनीहरुले सर्वसाधारणसँग झण्डै ५० करोड रुपैयाँ जति ठगेको प्रहरीको अनुमान छ । 
- उज्यालो अनलाइन

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads