Loading...
जिम्बाब्वेमा उपराष्ट्रपति म्नाङ्गवाद्वारा मुगाबेको राजीनामा माग

 जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको उत्तराधिकारी मानिएका निवर्तमान उपराष्ट्रपति इम्मर्सन म्नाङ्गवाले एक हप्ता लामो मौन भंग गर्दै मुगाबेले जनताको इच्छाको सम्मान गर्दै पदत्याग गर्नुपर्ने बताएका छन् । 

जिम्बाब्वेको सत्तारूढ जानु–पीएफ दलले मंगलवार मुगाबेविरुद्ध संसदमा महाअभियोग प्रक्रिया चलाउने अपेक्षा गरिएको छ । जिम्बाब्वेमा अघिल्लो हप्ता सेनाले सत्ता लिएपछि उत्पन्न राजनीतिक संकट तत्कालै टुंगिने छाँट देखिँदैन ।

मुगाबेले आफ्नी श्रीमती ग्रेस मुगाबेलाई ‘संवैधानिक शक्ति हत्याउनका लागि’ अनुमति दिएको आरोप छ ।

म्नाङ्गवा जिम्बाब्वेको स्वतन्त्रता संग्रामका योद्धा हुन् र उनी दशकौंसम्म मुगाबेमा दाहिने हात नै थिए । तर मुगाबेले उनलाई सत्ताबाट हटाएपछि उनी निर्वासित भएका थिए ।

एक लिखित बयान जारी गरेका म्नाङ्गवाले आफू कहाँ छु भनी खुलाएनन् । ‘मलाई सिध्याउने योजना बनिरहेको’ भनी सुरक्षा अधिकारीहरूले चेतावनी दिएपछि आफू जिम्बाब्वेबाट भागेको उनको भनाइ छ । 

उनका समर्थकहरू नै सेनाको कूका पछाडि रहेको विश्वास गरिन्छ । जानु–पीएफ दलले उनलाई दलको नयाँ नेता घोषणा गरेको छ र राष्ट्रपति मुगाबेले राजीनामा दिएमा वा महाभियोग लगाइएर हटाइएमा उनलाई नै राष्ट्रपति बनाइने भएको छ । 

म्नाङ्गवाले मुगाबेसँग कुरा गरेको र जनताको विशाल प्रदर्शनका कारण उनले राजीनामा दिन जरूरी रहेको बताएको जानकारी दिए । लोकप्रियत मत मुगाबेसँग नरहेकाले उनले पदबाट हट्नुपर्ने म्नाङ्गवाको मत थियो ।

द गार्डियनबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads