Loading...
‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारको घर कब्जा

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवारको घर कब्जा गरेको सूचना टाँसेको छ ।आसन्न प्रदेश सभा निर्वाचनका भोजपुर क्षेत्र ‘ख’बाट लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार गोविन्द कार्कीको घरमा शुक्रबार साँझ पाँच बजेतिर विज्ञप्ति निकालेर कब्जा गरेको घोषणा गरेको हो ।
अाजको अन्नपूर्णमा खबर छ-पार्टीले कार्कीलाई चुनावबाट उम्मेदवारी फिर्ता गर्न भनिए पनि अनुरोधलाई अस्वीकार गरेको भन्दै भोजपुर नगरपालिका १२, टक्सारस्थित कार्कीको घर कब्जा गरेको जनाएको छ । माओवादीले कार्कीलाई बारम्बार उम्मेदवारी फिर्ता गर्न अनुरोध गरेको तर उनले वास्ता गरेकोले कब्जा गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । यता प्रदेश सभा निर्वाचनमा भोजपुर (ख) उम्मेदवारी दिएका कार्कीलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।
कार्कीको घरमा झण्डा मात्र गाडेको र कब्जा बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए । घर कब्जाको बारेमा प्रहरीलाई कुनै विस्तृत जानकारी नभएको र झण्डा गाडीएको मात्र जानकारीमा आएको बताएको छ ।
पार्टीले द्वन्द्वकालीन समयमा तात्कालीन नेकपा माओवादीले कब्जा गरेपछि कार्की काठमाडौँ बस्दै आएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads