Loading...
केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा भौगोलिक संरचना चुनौती ,२ खर्ब ६९ अर्ब रुपैयाँ खर्च लाग्ने

नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनका उच्च अधिकारीहरूले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ६९ अर्ब रुपैयाँको प्रारम्भिक लागत अनुमान गरेका छन् । रेलमार्ग निर्माणपूर्व अध्ययनमा आवश्यक पर्ने वातावरणीय, भौगर्भिक, वनलगायत क्षेत्रका विज्ञसहित आएको चिनियाँ टोलीले यस्तो अनुमान गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख केशवकुमार शर्माले बताए ।
केरुङदेखि काठमाडौैंसम्म करिब सय किलोमिटर रेलमार्ग निर्माणको लागत अनुमान गरिएको हो । चिनियाँ पक्षले तत्काल आयोजनाका रूपमा अघि बढाउनेभन्दा पनि उच्च तहमा छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । चीनले आयोजनाको प्रारम्भिक अध्ययनलाई भने निरन्तरता दिने बताएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
रेलमार्ग निर्माणमा भौगोलिक संरचना चुनौती
चिनियाँ उच्चस्तरीय अध्ययन भ्रमण टोलीले नेपालमा रेलमार्ग विकासमा भौगोलिक बनावट (संरचना) ठूलो चुनौती रहेको बताएको छ । टोलीसँग शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दोस्रो तथा अध्ययनपछिको वार्तामा चिनियाँ पक्षले उक्त चुनौती प्रस्तुत गरेको हो ।, आजको नयाँ पत्रिकामा खबर छ ।
विशेषगरी केरुङदेखि काठमाडौंसम्म रेलमार्ग विकास गर्ने सम्भावित स्थानका चट्टान कमजोर रहेको चिनियाँ टोलीले स्पष्ट पारेको छ । जसले गर्दा रेलमार्ग निर्माण कठिन हुने र लागत उच्च हुने जानकारी गराएको मन्त्रालयका वैदेशिक सहयोग तथा गुणस्तर महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads